गणित विषय अलोकप्रिय बन्दै, सरल र सहज प्रश्न पत्र बनाउनु पर्ने जोड

चितवन, असोज ८ । गणित विषय अध्यापन गराउने शिक्षकहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यशाला गोष्ठि सौराहामा सुरु भएको छ ।

नेपाल गणित समाजले कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकलाई शैक्षिक सामग्रीको निर्माण र यसको प्रयोगबारे तीन दिने तालिम आयोजना गरेको हो ।

अध्ययन र अध्यापनमा एकरुपता कायम गर्न क्षमता अभिवृद्धि तालिमले महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रमका संयोजक डा. जीवन काफ्लले जानकारी दिए । उनले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीका लागि गणित विषय कठिन हुने भएकाले यस विषयमा धेरै जना अनुर्तीर्ण हुने उनले बताए ।

जीवनसंग गणित विषय जोड्न नसिएका कारण यो विषय अलोकप्रिय, सबै विद्यार्थीको रोजाईको विषय बन्न नसेको उनको भनाई छ । गणित विषय लेख्ने र घोक्ने भन्दा प्रयोगात्मक गर्नुपर्नेमा जोड दिए ।

राज्यले गणित विषयलाई प्राथमिकता दिएर यस विषयका शिक्षकहरुलाई समय समयमा तालिम दिनुपर्ने आवश्यक रहेको उनले बताए । शिक्षकहरुले विद्यार्थीलाई यो विषय अरु विषय जस्तै सरल, सहज छ भनेर बुझाउन नसक्नु नै मुख्य चुनौति रहेको उनले बताए ।

अहिलेको आवश्यकता र देशको परिस्थिती अनुसार सरल, सहज प्रश्न पत्र बनाउदा उपयुक्त हुने गणित समाजका सचिव डा.प्रमेश्वरी कट्टेलले बताए । पाठ्यक्रम विद्यार्थीलाई बोझिलो नबन्ने गरी समावेश गर्नुपर्ने उनको भनाई छ ।

गणित समाजका उपाध्यक्ष डा. श्रीराम खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि हिसानका केन्द्रिय सदस्य भूपेन्द्र धिताल, गणित समाज वागमती प्रदेश कमिटिका सभापति राजाराम रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

समाजका कार्यक्रम संयोजक डा. जीवन काफ्लले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव डा. परमेश्वरी कट्टेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

यही असोज ८, ९ र १० गते सम्म चल्ने तीन दिने गोष्ठीमा देशभरका ५६ जना गणित विषयका शिक्षकहरुको सहभागिता रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker