खैरहनीमा राप्रपाको प्रशिक्षण कार्यक्रम सप्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी खैरहनी न पा द्वारा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी पशिक्षण कार्यक्रममा सम्पन भएको छ l विशिष्ट अतिथि केन्द्रिय सदस्य रामहरि कडेल,केन्द्रीय शिक्षा बिभागका सदस्य बसन्त अधिकारी,केन्द्रिय सदस्य रामशरण पाठक,प्रदेश सह सचीव मधब भट्टराई,क्षेत्रिय अध्यक्ष बलराम खनालको उपस्थिति सम्पन भएको थियोे। यसै कार्यक्रम बीच बोल्नुहुदै चितवन क्षेत्र नं१ क्षेत्रीय अध्यक्ष बलराम खनालले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गर्नु भएको थियो। मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर लागि परेको बताउँदै आगामी निर्वाचनमा मत दिएर विजयी बनाउनसमेत आग्रह गर्नु भएको थियो।  
राजनीतिक दलका गलत क्रियाकलापहरूले नै मुलुक समस्यामा पर्दै गएको उनको भनाइ छ। खनालले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै लुटतन्त्रको अन्त्य गर्न राप्रपामा जोडिन ढिलो नगर्नुहुन बताउनुभयाे। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको पनि बताए ।
उनले भने – ‘देशले परिवर्तन खोजिरहेको छ, राप्रपा परिवर्तनको वाहक शक्तिको रुपमा उदाइरहेको छ तर निर्वाचनमा हाम्रो प्रभावकारी भूमिका भएन भने वैकल्पिक राजनीतिको धार कमजोर हुन पुग्छ, जुन केवल पार्टीको लागि मात्रै होइन देशकै लागि ठूलो क्षति हुनेछ

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker