टेकमाइण्डस नेटवर्कको ईन्टरनेट प्रति महिना ६ सय ६६ रुपैयाँ

टेकमाइण्डस नेटवर्कको ईन्टरनेट प्रति महिना ६ सय ६६ रुपैयाचितवन । ईन्टरनेट सेवा प्रदायकमा अग्र स्थानमा रहेको टेकमाइण्डस नेटवर्कले दशै धमाका अफर ल्याएको छ । सो कम्पनिले अब ४० एमबिपिएस स्पिडको ईन्टरनेट प्रति महिना रु ६६६ मानै ग्राहकलाई दिने आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

कम्पनिका पूर्वी चितवन प्रमुख यमन भुषालले नेपालीहरुको महानचाँड बिजयादशमीको अवसरमा सबैको चाहाना केही न केही अफर रहोस भन्ने हुने गरेकाले र ग्राहकहरुलाई सर्वशुलभ मुल्यमा ईन्टरनेटको पहुँच पुगोस भनेर नै दशै धमाका अफर अन्र्तगत रु ६६६ मानै ईन्टरनेटको सेवा प्रदान गर्न लागिएको बताए । भुषालले यो सेवा वार्षीक ग्राहकका लागि मात्र रहने जानकारी समेत दिए ।

उनले ब्यवसायीक प्रयोजनका लागि मेस नामक राउटर पनि आफुहरुले बजारमा ल्याएको बताए । जसको प्रयोगले एउटै राउटरबाट घर तथा अफिसको सबै ठाउँमा ईन्टरनेटलाई सहज ढंगबाट प्रयोग गर्न सकिने भुषालको भनाई छ ।

कम्पनिका पूर्वी चितवन बजार प्रमुख टिका लामिछानेले अहिले कम्पनिले ४० एमबिपिएसको रु ६६६, ७० एमबिपिएसको रु ७३० र १०० एमबिपिएसको रु ८३३ मा सेवा प्रदान गरि रहेको बताए । उनले पुराना ग्राहकहरुलाई पनि कम्पनिले रिचार्जमा बिशेष अफर योजना ल्याएको पनि जानकारी दिए ।

चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको सो कम्पनिले हाल ७० जिल्लामा आफ्नो सेवा बिस्तार गरेको छ । पूर्वी चितवनमा मात्रै सो कम्पनिका १० हजार भन्दा बढी ग्राहक रहेका छन् । हाल सो कम्पनिले पूर्वी चितवनको टाँडी, पर्सा, भण्डारा, खोलेसिमल र भालुमाराबाट आफ्नो सेवा प्रदान गरि रहेको छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker