पत्रकार सिंजालिलाई निवृत्ती भरण रकम

असोज १३ गते ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्यका लागि सुरु गरिएको ज्येष्ठ पत्रकार निवृत्तिभरण रकम राप्ती नगरपालिकाका पत्रकार वीरबहादुर सिञ्जालीलाई बिहिवार हस्तान्तरण गरिएको छ । राप्ती नगरपालिकाले सिञ्जालीलाई निवृत्तिभरण रकम उपलब्ध गराएको हो ।
सिञ्जालीकै निवासमा नगर प्रमुख शमशेर लामाले यस आर्थिक वर्ष भरिको एकमुष्ठ रकम ५० हजार हस्तान्तरण गरेका हुन । आउँदो वर्षबाट कार्यविधि बनाएर निवृत्तिभरण रकम वितरण गरिने उनले बताए ।
नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले नगरपालिकासँग सहकार्य गरेर निवृत्तिभरण रकम एकमुष्ठ वितरण गर्न सकिएको बताए ।
उनले भरतपुर महानगरपालिकाको सहयोगमा महानगरभित्रका ज्येष्ठ पत्रकारलाई मासिक रु चार हजारका दरले निवृत्ति भरण रकम वितरण गर्दै आएको बताए । महासङ्घका सदस्यमध्ये ५५ वर्ष काटेका महिला, दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका पत्रकार एवं बाँकी ६० वर्ष काटेका सबैका लागि स्थानीय पालिकासँग सहकार्य गरेर निवृत्तिभरण रकम वितरण गर्न थालिएको हो ।
महानगरपालिकाले निवृत्तिभरण रकम वितरणका लागि कार्यविधि बनाएर कोषमा रु २० लाख जम्मा गरिसकेको छ । सोही ब्याजबाट रकम दिन थालिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker