रत्ननगर कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम

रत्ननगर । नेपाली कांग्रेस रत्ननगर नगर समितिले वडा दसैँको अबसरमा विहीबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले एक आपसमा शुभकामना साटासाट गर्दै गठबन्धनका नाममा पार्टीको साख गिराउने र कार्यकर्तालाई निरास बनाउन नहुने तर्क गरेका छन् । नेताहरुले स्वतन्त्रको पछि लागेर कांग्रेसको इतिहास मेटिने काम गर्न नहुने बताएका छन् ।

गठबन्धनमा सिट बाडफाँड हुँदा कांग्रेसले सम्मान जनक सिट पाउनु पर्ने भन्दै उनीहरुले आमा निर्वाचनमा पनि कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गराउने तर्फ नेतृत्वको ध्यान जान आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी भित्रको अन्तर विरोधले निर्वाचनलाई असर गर्न नहुने बताए । चित्त नबुझेको कुरा पार्टी भित्रै गर्ने हो उनले निर्वाचनलाई असर गर्ने गरी बाहिर कुरा गर्नु हुँदैन । उनले आम निर्बाचनमा पनि कांग्रेस पहिलो पार्टी बन्ने दावी गरे ।

नगर सभापति प्रल्हाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, बागमती प्रदेश सदस्य महेशप्रसाद रौनियार, जिल्ला सचिव सुर्य अर्याल प्रदेश “ख” सभापति गोविन्द गौतम, वडा नं ३ का वडा सभापति बसन्त देबकोटा, वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, महाधिवेशन प्रतिनिधि सरस्वती पौडेल लगायतले मन्तव्य राखेका थिए । नगर सचिव अनिता अर्यालले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष कमलनाथ अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker