नारायणी डेभलपमेन्ट बैंकद्धारा मावनसेवा आश्रममा भोजन

रत्ननगर । चितवनको रत्ननगर १ टाँडीमा केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ आँै वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रम चितवन शाखा र चितवन मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन गराएको छ ।

२१ औं वार्षिक उत्सव, मानव सेवामा समर्पित भत्रे मुल नाराका साथ मानवसेवा आश्रम नारायणगढ शाखा र चितवन मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन गराइएको हो । मैँयादेवी कन्या कलेजका अध्यक्ष टंकनाथ पौडेल मानव सेवा जस्तो पुण्य कर्म अरु हुन नसक्ने र मानव सेवा कार्य गर्दा आत्मसन्तुष्टि हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले यस कार्यमा सरिक हुँदा आफुलाई खुशी लागेको बताए । कायक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हृदयराज घिमिरे लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker