मगलपुर बचत तथा ऋण सहकारी सस्थाको १५ औ बार्षिक साधारणसभा सम्पन्न

आशिष अधिकारी
१३ असोज
मगलपुर बचत तथा ऋण सहकारी सस्थाको १५ औ बार्षिक साधारणसभा बिहिवार मगलपुरमा सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाबाट उत्कृष्ट ब्यबस्थापक सम्मान २०७८ प्राप्त गर्न सफल उक्त सस्था सुशासन तथा कारोबारको आधारमा जिल्लाको द्वितीय स्थानबाट समेत सम्मानित भएको थियोे । कार्यक्रमलाई उद्वघाटन गर्दै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले बिकास र समृद्धिमा दत्तचित्त भएर लाग्न सबैमा अनुरोध गर्नु भएको । उप प्रमुख अधिकारीले बिकास र समृद्धिको मार्गमा अगाडि बढेको महानगरलाइ थप उचाइमा पुर्‍याउन तपाईं हामी सबैको दायित्व हुन आउने बताउनु भयो ।

कार्यक्रममा सस्थाका अध्यक्ष बाबुराम परियारले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक निति तथा कार्यक्रम, सचिब योगराज मिश्रले आर्थिक बर्ष ०७८/०७९ को बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बिस्णु माया पाण्डेले आर्थिक बर्ष ०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । त्यस्तै सस्थाका लेखा समिति सयोजक सुदिप पौडेलले आर्थिक बर्ष २०७८/०७९ को आन्तरिक लेखा समितिबाट प्रस्तुत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रम भरतपुर १५ का वडा अध्यक्ष श्रीकृष्ण देबकोटा, सस्थाका पुर्ब अध्यक्षहरु बद्री चापागाईं,इन्द्र बहादुर बस्नेत,क्षेत्र बहादुर सापकोटा,उद्योग बाणिज्य सघ चितवनका उपाध्यक्ष राजेन्द्र वलि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रममा सस्थामा योगदान पुर्‍याएको भन्दै विभिन्न ब्यक्तिहरु तथा शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अक ल्याइ एसईई पास गर्नेहरुलाई शैक्षिक पुरस्कर बाट सम्मानित गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker