पेवा सहकारीका अध्यक्ष तिमील्सिना नेपाली कांग्रेस प्रवेस

१३ गते बिहिवार
रत्ननगर, चितवन

रत्ननगर २ का सफल युवा व्यवसायी तथा उद्यमी नवराज तिमील्सिना नेपाली कांग्रेस पार्टी प्रवेस गरेका छन । नेपाली कांग्रेस रत्ननगर नगर कार्य समिती द्वारा आज आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य दिनेश कोइरालाले तिमील्सिनालाई फुलमाला तथा खादा लगाइ पार्टिमा स्वागत गरेका हुन ।

तिमील्सिना आज सम्म कुनै पार्टिको सदस्यता नलिएको तर नेपाली राजनीतिलाई सुष्म रुपमा निलायिरहेको बताए । देशलाई संकट पर्दा नेपाली कांग्रेसले नै अगुवाइ गरेको र अवको २१ औं शताब्दिमा संकुचन सिद्धान्त भन्दा सबै भन्दा लोकप्रिय लोकतान्त्रिक प्रणाली अपनाउने पार्टी भएकाले आँफु अब आइन्दा नेपाली कांग्रेसबाट सकृय राजनीतिमा सहभागी भएर समाज संग जोडीने बताए ।


उनी चितवनकै तेस्रो र पुर्वी चितवनको पहिलो सहकारी पेवा बचत तथा ॠण सहकारीका नव निर्वाचित अध्यक्ष हुन । यो सहकारीमा करीब चार हजार सदस्य रहेका छन । लामो सहकारी ज्ञान र अनुभव भएका उनी नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला बाट आँफु प्रभावित रहेको बताउदछन ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाली कांग्रेस रत्ननगरका सभापति प्रलाद सापकोटाले तिमील्सिनाको साथले रत्ननगरको कांग्रेस संगठन थप मजबुत हुने भन्दै अपार हर्ष ब्यक्त गरेका छन ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker