Trending

पानि सेतीको सार्वजनिक

रत्ननगर । चितवनका संचारकर्मी रामु आचार्यको गीत पानी सेतीको सार्वजनिक गरिएको छ । यु-ट्युब च्यानल “ह्याप्पी मिडिया रामु आचार्य” मा गीत सार्वजनिक गरिएको हो । गीतमा रामु आचार्य संगै दोहोरी च्याम्पियनमा तृतीय हुन सफल भाईरल दोहोरी गायिका रिता रावतको आवाज रहेको छ । गीतमा लय तथा थेगो संकलन कृष्ण अधिकारीको रहेको छ भने शव्द स्वयम् आचार्यले लेखेका छन् ।

सुर संगीत डिजिटल स्टुडियो अनामनगर काठमाण्डौमा रेकर्ड गरिएको गीतको एरेन्ज केबी भण्डारीले गरेका छन् भने राजीव शाहको अडियो मिक्सिंगमा गीत तयार भएको हो । चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको गीतको अधिकाम्स दृश्य भने मनिखोला रत्ननगर ११ मा खिचिएको गायक आचार्यले बताए । रवि कोइराला र मदन अच्छामिको छायांकन रहेको गीतको भिडियोको कोरियोग्राफी भने रत्ननगरमा रहेको ड्रिम्स डान्स एकाडेमीले गरेको हो , पुजन लामिछानेको ड्रोन अपरेटिङ मा स्वयम् गायक आचार्यले नै गीतमा सम्पादक र निर्देशकको भूमिका निभाएका छन् । गीतमा रामु आचार्य, यसोदा तिमल्सिनाका अलावा प्रकाशमणि सापकोटा, टिकाराम लामिछाने, विष्णु प्रसाद चालिसे र तोयानाथ अधिकारीको अभिनय रहेको छ ।

गीतमा लोकल माटोको सुगन्ध समेटेका कारण पनि यसलाई श्रोता दर्शकहरुले माया गर्नेमा आशावादी रहेको गायक आचार्यले बताएका छन् ।

गीतको लिंक
https://www.youtube.com/watch?v=ac0_NfvXWrA

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker