आइएसएमटी साँगीतिक साँझ सम्पन्न : बरिष्ठ गायकहरु सम्मानित

चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले भरतपुरमा आइएसएमटी साँगीतिक साँझ कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहेको थियो ।
लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले साँगीतिक साँझमा चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्की तथा चर्चित गायिका देविका वन्दनालाई सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ संचारउद्यमी नवीनराज पौडेल सम्मान गरिएको थियो । पौडेल दुई दशकदेखि संचार क्षेत्रमा आबद्ध हुनुहुन्छ । उहाँले चितवनमा रहेर भरतपुर एफ.एम, भरतपुर पोष्ट, नवीनखबर डट कम , भरतपुर अनलाईन टि.भी लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आउनु भएको छ ।

नेपाली साँगीतिक क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित बरिष्ठ सदावहार गायक कार्की तथा गायिका वन्दनालाई सम्मान गरिएको थियो । साँगीतिक क्षेत्रलाई प्रर्वद्धन गर्ने र नेपालीहरुको महान पर्वको अवसर पारेर यो बिशेष कार्यक्रम आयोजना गरिएको महाप्रबन्धक कार्कीले बताउनुभयो ।

गायक कार्की नेपाली सांगीतिक धरातलमा बिगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै आएका कार्की गायनबाट अन्तरराष्ट्रिय क्षेत्रमा समेत देशलाई चिनाउन सक्रिय छन् । उहाँले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी छ हजार भन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ ।

त्यस्तै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका देविका वन्दना नेपाली गीत सँगै नेवारी, हिन्दी, मराठी लगायतका विभिन्न भाषाका हजारौं गीतलाई सुमधुर स्वर दिनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री घनश्याम दाहाल ’अविनाश’ रहनुभएको थियो । बिशेष अतिथि बरिष्ठ फिजिसियन तथा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी रहनुभएको थियो ।
प्याब्सनको बागमती प्रदेश सदस्य इन्दिरा पन्त कार्की बिशिष्ठ अतिथी रहनुभएको थियो । लक्की मिडिया हाउस चितवनका निर्देशक हेमन्त केसी ’हरि’ कार्यक्रम संयोजक रहेको कार्यक्रम चर्चित संचारकर्मी दिनेश श्रेष्ठ ’पासा’ले गर्नुभएको थियो ।

आम श्रोता,दर्शक,विज्ञापनदाता र शुभेच्छुकको प्रेरणाले नै आफूले साँगीतिक तथा सम्मान कार्यक्रम गर्न सफल भएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले बताउनुभयो । मोफसलमा यस्ता रचनात्मक तथा प्रर्वद्धनात्मक कार्यक्रम गर्न चुनौति रहेको भन्दै कार्कीले आगामी दिनमा पनि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभयो । समाजमा लुकेका हस्ती तथा हस्तीहरुलाई सम्मान गर्नुपर्ने दायित्व मिडिया हाउसको पनि रहेकोले मिडिया हाउसले त्यस्ता व्यक्तित्वलाई सम्मान गरि हौसला प्रेरणा र उर्जा दिएको उहाँको भनाइ छ ।

स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker