प्रदेश सभाका उम्मेदवार राममणि न्यौपानेको चुनाब चिन्ह पानीको धारा

खैरहनी । चितवन क्षेत्र नं १ प्रदेश सभा “ख” का स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले पानीको धारा चुनाव चिन्ह पाएका छन् ।

लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल न्यौपानेले सो क्षेत्रबाट उम्मेदवारी दिएका हुन । नेपाली कांग्रेसका पुराना नेता न्यौपानेले स्थानीय चुनाब अघि नै पार्टी परित्याग गरेको घोषणा गरेका थिए । उम्मेदवारी दिएपछि उनी मतदाता भेटघाट र प्रचारप्रसादको काममा लागेका छन् ।

विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गरेर लोकप्रिय बनेका न्यौपानेले आफुले चुनाब सजिलै जित्ने दावी गर्दै आएका छन् । न्यौपानेले मंसिर चार गते हुने निर्वाचनमा पानीको धारा चुनाब चिन्हमा मतदान गरी आफुमाथी अभिमत प्रकट गर्न आग्रह गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker