Trending

रत्ननगरमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

चितवन । चितवनको रत्ननगर नगरपालिकामा गठबन्धन दलको सम्पर्क कार्यालय बुधबार उद्घाटन गरिएको छ । मंसिर ४ गते हुने आमनिर्वाचनलाई लक्षितगरी चितवन क्षेत्र नं १ “ख”अन्तर्गत सो नगरपालिकाको सौराहाचोकमा कार्यालय उद्घाटन गरिएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापति तथा गठबन्धनका जिल्ला संयोजक राजेश्वर खनालले कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका उमेदवार डा. विश्वनाथ पौडेल, प्रदेश सभा “ख” का लागि समाजवादीका तर्फबाट गठबन्धनका उमेदवार कृष्णप्रसाद खनाल, निर्वाचन परिचालन समिटिका संयोजक शेषनाथ अधिकारीलगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उमेदवार डा. पौडेलले मंसिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमनविरुद्धको लडाइँ भएको बताए । प्रतिगमनले अस्थिरता निम्त्याउने भन्दै उनले मुलुकलाई अस्थिरताबाट जोगाउन गठबन्धन निर्माण भएको बताए । उनले विकास र पछ्यौटेपनको अन्त्यका लागि आफूले चितवन १ मा उमेदवारी दिएको बताए ।

प्रदेश सभाका उमेदवार खनालले अहिलेको लडाइँ सत्ता प्राप्तिको लागि नभएको बताए । ‘हामीले सत्ता प्राप्तिको लागि गठबन्धन गरेका होइनौँ’, उनले भने, ‘मुलुकलाई प्रतिगमनको जोखिमबाट जोगाउन गठबन्धन गरेएका हौँ ।’
नेपाली कांग्रेसका जिल्ला सभापति तथा गठबन्धनका जिल्ला संयोजक खनालले लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएको बताए । ‘यो आवश्यकताको समीकरण हो’, उनले भने, ‘यसले मुलुकको आर्थिक विकास र लोकतन्त्रको संस्थागत गर्नेछ ।’
नेपाली कांग्रेस प्रदेशसभा ‘ख’ का सभापति गोविन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता राजु अम्गार्इं, संघीय समानुपातिक उमेदवार तथा माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य लक्ष्मी नेपालीलगायतले मन्तव्य राखेका थिए । एकीकृत समाजवादीका नगरअध्यक्ष हरिकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker