जनताको सेवा गर्न राजनीतिमा आएको हुंँ : राज्यमन्त्री श्रेष्ठ

चितवन, ३ कात्तिक ।

आउंँदो मंसिर ४ गते हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचनका लागि देशभरका उम्मेदवार भेटघाट र घरदैलो व्यस्त छन् । अहिले सत्तागठबन्धन र अन्य दलहरु चुनावी अभियानमा होमिएका छन् । देशभर चुनावी माहोल तातिएसंँगै चितवनका उम्मेदवार मतदाता भेट्न घरदैलोमा पुगेका छन् ।


चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठ भेटघाट र घरदैलोलगायत चुनावी कार्यक्रममा व्यस्त छन् । चुनाव नजिएकैसँगै सत्ता गठबन्धनको वडा सम्पर्क कार्यालय स्थापना गर्ने क्रम चलिरहेको छ ।  क्षेत्र नम्बर २ को कालिका नगरपालिका वडा नम्बर ३ मा बिहीबार वडा सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा बोल्दै श्रेष्ठले आफू जनताको सेवा गर्न व्यवसायबाट राजनीतिमा फड्को मारेको बताए ।
आफू शिक्षा, स्वास्थ्य, पर्यटन व्यवसायमा सक्रिय भई आएको र अहिले जनताको सेवा गर्न राजनीतिमा आएको उनले बताए । ‘मैले तीनदशकभन्दा बढी व्यवसाय र सेवामा खर्चिएंँ । अहिले जनताको सेवा गर्न राजनीतिमा आएको छु’ श्रेष्ठले भने । आफूले संविधान बनाउने काम र स्वास्थ्य राज्यमन्त्री भएर कोरोनाको बेला प्रभावकारी काम गरेर देखाइसकेको भन्दै श्रेष्ठले राजनीतिमा पनि अवसर दिएर जिताउन मतदातालाई आग्रह गरे । उनले चितवनमा भूमिहीनको समस्या जटिल रहेको भन्दै आफूले जितेपछि  भूमिहीनलाई लालपूर्जा दिन पहल गर्ने बताए ।


सरकार स्थापनापछि शक्तिखोर औद्योगिक क्षेत्रको स्थापना गरेर आफूले हजारौँलाई रोजगारी दिन सक्रिय रहने समेत उनले बताए । ‘पार्टीले काम गर्न सक्ने भएर नै मलाई तीनपटक अवसर दिएको छ, त्यसैले मेरो अनुभव यहांँको कृषि, उद्योग, रोजगारी, उत्पादन वृद्धिमा लगानी हुनेछ’ उनले भने ।
आफूसंँग विकासका धेरै खाका र योजना रहेको भन्दै उनले गठबन्धनलाई जिताएर बहुमतको सरकार गठनको वातावरण बनाउन मतदातालाई आग्रह गरे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker