भरतपुरमा भएको जोखिम न्यूनीकरण तथा ब्यबस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न

आशिष अधिकारी
कार्तिक ०४

विभिन्न १० बुदे नेपाल बिपद ब्यबस्थापन घोषणापत्र जारी गर्दै भरतपुरमा जारी बिपदबाट हुने जोखिम न्यूनीकरण तथा ब्यबस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।

स्थानीय सरकारहरुको क्षमता अभिबृद्वी गर्ने उदेश्यका साथ बिहिवार बाट भरतपुरमा शुरु भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिकाले आयोजना गरेको उक्त तालिममा प्राकृतिक प्रकोपहरु जस्तैः भूकम्प, आगलागि, बाढी पहिरो, हावाहुरी, वायुप्रदुषण, शीतलहर, हिमपात लगायतबाट हुने हानी नोक्सानी र जोखिम कम गर्ने सम्बन्धमा छलफल गरिएको छ ।

तालिमका सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा पुर्बचेतावनी प्रणाली,स्थानीय बिपद तथा जलवायु उत्थानशील योजना,समावेशी बिपद जोखिम न्यूनीकरणलाई बिकास प्रक्रियामा मुल प्रवाहीकरण,बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापनका लागि अन्तरस्थानीय तह सहकार्य,बिपद पुर्ब तयारी र प्रतिकार्य योजना, बिपद जोखिम ब्यबस्थापनमा मानवीय सिद्धान्तहरु,मुलभुत मानवीय मापदण्ड र लैगिक समानता र सामाजिक समावेशीकरण,खुल्ला क्षेत्रहरुको पहिचान र सरक्षण तथा शिविर समन्वय तथा शिविर ब्यबस्थापन,जोखिमको बित्तिय ब्यबस्था र जोखिम हस्तान्तरण सयन्त्र र स्थानीय तहमा बिपद जोखिम ब्यबस्थापन कार्ययोजनाहरुको मार्गचित्रको बारेमा कार्यपत्रहरु प्रस्तुत गरिएको भरतपुर महानगरपालिका बिपद ब्यबस्थापन शाखा प्रमुख बालकृष्ण थपलियाले जानकारी दिनु भयो ।

तालिममा भरतपुर महानगरका विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधि, कार्यपालिका सदस्य तथा अन्य क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको थियोे ।

भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेको समापन सत्र महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुको तर्फबाट दुर्गा सोडारी र बिष्णु प्रसाद भुजेलले बोलेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker