एन्जल्स वर्ल्ड स्कुलको तिहार शुभकामना तथा अन्तरक्रिया सम्पन्न

४ कार्तिक शुक्रबार ।

रत्ननगर १० मा रहेको एन्जल्स वर्ल्ड स्कुलले आज एक कार्यक्रमको आयोजना गरी तिहार शुभकामना आदान प्रदान गरेको छ ।

स्कुलका प्रमुख गणेश शर्माको सभाध्यक्षतामा आयोजित कार्यक्रममा तिहार शुभकामना आदान प्रदान साथै शैक्षिक गुणस्तरमा वृद्धि गरी विद्यार्थीको चौतर्फी विकासमा शिक्षकको भूमिका विषयक अन्तरक्रिया समेत सम्पन्न भएको छ । क्रिष्टल कलेजका प्राचार्य एक बहादुर जिसीले सो कार्यक्रममा बोल्दै एन्जल्स वर्ल्ड स्कुलले संचालन गरिरहेको अतिरिक्त कक्षाले विद्यार्थीको क्षमता वृद्धि गरिरहेको बताउदै यसको निरन्तरता रहनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी अभिभावक संघका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker