चेपाङको जीवन स्तर सुर्धान अन्तर पारिवारिक प्रतियोगिता

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ काउलेमा सुरु गरिएको अन्तर पारिवारिक प्रतियोगिताले चेपाङ समुदायको जीवनशैली परिर्वतन भएको छ । सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले चेपाङ समुदायको विकासको लागि सो प्रतियोगिता गरेको हो ।

सबै यात्रका सुरुवात एक सपनाबाट हुन्छ नामक परियोजनाले चेपाङ समुदायको परिर्वतनको लागि अन्तर पारिवारिक प्रतियोगिता, अन्तर बाख्रापालन प्रतियोगिता, अन्तर आमा समुह प्रतियोगिता, अन्तर स्वास्थ्यकर्मी प्रतियोगिता, अन्तर विद्यालय प्रतियोगिता, अन्तर फलपूmल उत्पादन प्रतियोगिता र अन्तर सर्वोत्कृष्ट प्रतियोगिता गर्ने गरेको छ ।

परियोजनाले आयआर्जनको लागि चेपाङ समुदायलाई सीपमुलक तालिम,परिर्वतनको लागि सचेतना कार्यक्रम सहित गाउँपालिकासंगको सहकार्यमा बाख्रापालन, तरकारी खेती, मौरीपालन, बंगुरपालन, अम्रिसो खेती, सुन्तला खेती, धुँवारहीत चुलो, शौचालन निर्माण लगायतका आर्थिक तथा सामाग्री सहयोग गर्दै आएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

सो परियोजनाले तीन बर्षको अबधिमा चार वटा प्रतियोगिता गराउँछ । ५९४ घरधुरीलाई ११ वटा समुहमा विभाजन गरी प्रतियोगितामा समावेश गराउदै आइएको छ । तेस्रो चरणको अन्तर पारिवारिक प्रतियोगितामा ११ वटा समुहका ५५ घरधुरीलाई नगद पुरस्कार प्रदान गरिएको छ । पुरस्कार स्वरुप प्राप्त गर्ने रकम आयआर्जनमा लगानी गर्नुपर्ने अनिवार्य सर्त गरिएको कार्यक्रम निर्देशक बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा प्रथम भएकालाई १६ हजार, द्धितीय भएकालाई १२ हजार, तृतीय भएकालाई १० हजार, चौथो भएकालाई ७ हजार र पाँचौं भएकालाई पाँच हजार नगर पुरस्कार वितरण गरिएको छ । उत्कृष्ट बाख्रापालक किसानको रुपमा सन्तकुमार चेपाङलाई १८ हजार नगर सहित पुरस्कृत गरिएको छ । उत्कृष्ट फलफुल उत्पादक किसानको रुपमा जीत बहादुर गुरुङलाई १८ हजार नगद सहित पुरस्कृत गरिएको छ । चेपाङ समुदायको जीवन रक्षाको लागि अहोरात्र खट्ने महिला स्वास्थ्य स्वयम सेविका दिलकुमारी चेपाङलाई पनि नगर १८ हजार पुरस्कार सहित पुरस्कृत गरिएको छ । चेपाङ महिलाहरुलाई उद्यमी बनाउदै चेतनाको विकासमा योगदान गरेको राजभोग आमा समुहलाई ८० हजार नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ ।

सो वडा अन्तर्गत कालिङडाँडामा आयोजित कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ र सपना भिलेन सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले सयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेको छन । सो अबसरका गाउँपालिका अध्यक्ष गुरुङ सपना भिलेजले काउलेमा जागरणपैदा गरेको बताए । काउलेका चेपाङ समुदायमा परिर्वतन आएको मैले पाएको छु उनले भने आफ्ना लागि आफैले गर्नु पर्दोरहेछ भन्ने सबैले बुझ्नु भयो यो नै ठुलो उपलब्धी हो । उनले चेपाङ समुदायलाई लक्षित गरी गाउँपालिकाले छात्राबृत्ती र निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई अगाडि बढाएको बताए । इम्प्याक्टका अध्यक्ष गिरीले काउलेमा गरिएको विभिन्न प्रतियोगिता चेपाङ समुदायको दुख अन्त्यको लागि गरिएको प्रयास भएको बताए ।

यो विभिन्न देशमा गरिएको प्रयासलाई अनुसरण गरिएको हो उनले भने हामी लक्ष्य प्राप्तीको नजिक छौं,त्यसका लागि चेपाङ समुदाय पनि जिम्मेवार हुनुपर्छ । कार्यक्रममा चेपाङ समुदायको आयआर्जनको लागि गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेजको ५० प्रतिशत लगानीमा २२ जनालाई बोयर जातको बोका समेत वितरण गरिएको छ । कार्यक्रममा गायक रमेशराज भट्टराई र गायिका टीका सानुले दुई दर्जन बढी गीत प्रस्तुत गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker