रत्ननगरले गर्‍यो एशियन च्याम्पियनशिप खेल्ने तेक्वान्दो खेलाडीको बिदाइ

"उत्कृष्ट खेल प्रदर्शन गरेर देशको नाम राख्नु !" : मेयर सापकोटा

११ कार्तिक, शुक्रवार
रत्ननगर, चितवन

पाकिस्तानको ईस्लामावादमा कार्तिक १५ गतेदेखी कार्तिक १८ गते सम्म (1st November 2022 – 4th November 2022) हुने चौंथो खुल्ला एशियन तेक्वान्दो प्रतियोगिता २०२२ मा सहभागी रत्ननगरका १४ खेलाडीलाई रत्ननगर नगरपालिकाले शुभकामना दिंदै बिदाइ गरेको छ । नगरपालिका कार्यालय परिसरमै आज आयोजित अनौपचारिक कार्यक्रममा नगर प्रमुख प्रलाद सापकोटाले खेलाडीलाई खादा एवं पुष्पगुच्छा दिएर बिदाइ गरेका हुन् ।


नगर प्रमुख सापकोटाले खेलाडीलाई सफलता हात पार्न शुभकामना दिए । खेलाडी राष्ट्रको गहना भएकाले राज्यको एउटा महत्वपूर्ण निकायको प्रमुख भएका नाताले पनि आफ्नो दायित्व प्रमुख रहेको स्विकार गरे । चाडको मुखैमा बिदाइ गर्नुपर्दा उचित व्यवस्थापन गर्न नसकेपनी आवश्यक पर्दा सिंगो नगरपालिका साथमा रहेको खेलाडीले नबिर्सन र उच्च मनोवलका खेल प्रदर्शन गर्न खेलाडीलाई सुझाए ।


तेक्वान्दो खेलका अन्तरराष्ट्रिय प्रशिक्षक रोशन खानले खेलाडीको सहभागीताबारे कार्यक्रममा जनकारी गराएका थिए । नगर प्रमुख सापकोटा जस्तो खेलको मर्म बुझेको ब्यक्ती नगरको प्रमुख हुनु हाम्रो सौभाग्य भएको खानले बताए । सापकोटाले मेयर हुनुपुर्व देखिनै खेलाडीको अभिभावकत्व निभाउदै आईरहेको र नगर प्रमुख भएपछी पनि खेललाई निक्कै प्रार्थमिकतामा राखेकोमा खुशी ब्यक्त गरे । खेलाडीले खेलमा पाएको सफलताले समग्र देशले गर्व गर्ने भएकाले सबैले खेललाई माया गर्नुपर्ने खानले बताए ।


नगर स्तरिय खेल समितीका संयोजक कृष्ण चौधरीले नगरका सोह्रवटै बडामा खेलको बिकास गर्ने दायित्वमा आँफु रहेको तर सबैको साथ सहयोग भए समग्र खेलको बिकास गर्न सकिने बताए । आँफु पनि तेक्वान्दो खेलाडी भएकाले यो खेलको बिकासमा बिशेष ध्यान जाने बताए । उत्कृष्ट खेल प्रदर्शन गरेर आँफु र आफ्नो ठाँउको नाम राखुपर्ने चौधरीले बताए ।


कार्यक्रममा बिज्ञ सल्लाहकार रामहरी न्यौपाने, बडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

Combaxx 4th Asian Open Taekwondo Championship 2022

Liaquat Gymnasium , Islamabad, Pakistan

Event Dates: 1st November 2022 – 4th November 2022

Venue:

Liaquat Gymnasium

Pakistan Sports Complex

Islamabad

Pakistan

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker