जनताले गरेको बिश्वासलाई विकासमा परिणत गर्नेछु : उत्तम जोशी

चितवन । सत्ता गठवन्धनबाट चितवन क्षेत्र नम्बर २ ख को प्रदेश सभा सदस्य उत्तम जोशीले जनताको बिश्वास टुट्न नदिने बताउनुभएको छ । निर्वाचन क्षेत्र अन्तर्गत आज जिल्लाका बिभिन्न स्थानमा भएका कार्यक्रममा बोल्दै उहाँले पार्टी र जनताले गरेको बिश्वासलाई बिकासमा परिणत गर्ने बताउनुभएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १० मा सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले जनताको साथमा गरेको बाचा पुरा गरेर छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो “जनतालाई भ्रममा राख्ने मेरो बानी छैन । हुन्छ भने हुन्छ हुन्न भने हुन्न ।” नेता आँफुसंग प्रतिशप्रर्धामा रहेका नेकपा एमालेका उम्मेदवार भन्दा आँफु युवा पुस्तामा भिजेको उहाँको भनाई थियो । कसले के ग¥यो भनेर हेर्ने समय आएको उहाँले बताउनुभयो ।

यस क्षेत्रका जनतानै आफ्नो अभिभावक रहेको बताउँदै उहाँले यहांँका जनतानै अभिभावक रहेकोले एक अर्कामा बारेमा राम्रोसंँग बुझेको बताए । आफूले पार्टीको विभिन्न तह र तप्कामा सक्रिय रुपमा काम गरेको बताउंँदै जनताको जिवनस्तर परिवर्तन गर्न उम्मेद्वारी दिएको बताउनुभयो । आन्दोलनका प्राप्त उपलब्धिलाई रक्षा गर्दै आगामी दिनमा युवालाई उत्पादनसंँग जोड्नु पर्ने उहाँको भनाई थियो ।

आफूले जितेको खण्डमा बाग्मती प्रदेश सभामा यहांँको जनताको आवाजको प्रतिनिधित्व गर्ने उहाँको प्रतिबद्धता थियो । जोशीले आज भरतपुर महानगरपालिकाका बिभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker