लक्ष्मी जयन्तीमा वाल्मीकिको तीन स्रष्टा सम्मान, डा. कृष्ण पौडेललाई मानार्थ सदस्यता

कार्तिक १३, आइतबार
रत्ननगर, चितवन

वाल्मीकि साहित्य सदन चितवनले विभिन्न स्रस्टालाई सम्मान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसर पारेर रत्ननगरमा आयोजित कार्यक्रममा उदय अधिकारी, गीता लामिछाने र मुकुन्द पौडेललाई सम्मान गरिएको हो । त्यसैगरी भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवम् कवि डाक्टर कृष्णप्रसाद पौडेललाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि डिआर पोखरेलले सम्मानित स्रस्टालाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका हुन् । सम्मानित स्रस्टाको व्यक्तित्व र कृतित्वका बारेमा कपिल अज्ञात, केशवराज आमोदी र लक्ष्मण अर्यालले बोलेका थिए ।

सदनले `साहित्य सम्मान, मानार्थ सदस्यता प्रदान तथा रचना वाचन´ शीर्षकमा कार्यक्रम गरेको थियो । नेपाली भाषा साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएबापत उहाँहरूलाई सम्मान गरिएको सदनका अध्यक्ष रामबाबु घिमिरेले बताए ।

कार्यक्रममा अनिता अर्याल, निर्दोष जीवन, चेतराज रेग्मी, रामकृष्ण ढकाल, किसान प्रेमी, सर्वज्ञा पौडेल, लीला दाहाल अधिकारी, पुष्प अधिकारी अञ्जली, हरिप्रिया रिजाल, रोजिना लोहनी, सीता कँडेल सापकोटा, राजेन्द्र घायल, कमल अर्याल, पोषराज पौडेल, गिरीराज डल्लाकोटीलगायतले रचना वाचन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker