रत्ननगरमा सडक दुर्घटना, लागुपदार्थ दुर्व्यसन तथा मानव बेचबिखन न्युनिकरण सम्बन्धी प्रशिक्षण सम्पन्न

चितवन, कात्तिक १५ । सडक दुर्घटना, लागुपदार्थ दुव्र्यसन तथा मानव बेचबिखन न्यूनीकरण कसरी कम गर्न सकिन्छ ? भन्ने बारेमा सरोकारवालाहरुलाई रत्ननगरमा मंगलवार प्रशिक्षण दिईएको छ ।

रत्ननगर नगरपालिका वडा नं. ९ र रत्नप्रिय क्लवको आयोजनामा भएको कार्यक्रममा मानव बेचबिखनबाट समाजमा पर्ने असर र न्यूनीकरणका बारेमा ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख रविनबाबु रेग्मी, सडक दुर्घटनाका कारण र न्यूनिकरणका बारेमा ईलाका प्रहरी कार्यालय रत्ननगरका ट्राफिक प्रहरी प्रमुख कृष्ण ठकुरी, लागुपदार्थको प्रयोग र यस्ले समाजमा पार्ने असरका बारेमा सर्पोट एण्ड केयर पुर्नस्थापना केन्द्रका प्रमुख बन्धु गौतम र दुर्घटना नियन्त्रण उपायका बारेमा रत्नप्रिय क्लवका अध्यक्ष वसन्त रानामगरले प्रशिक्षण दिएका थिए ।

रत्नप्रिय क्लवका अध्यक्ष वसन्त रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदी प्रमुख अतिथि रहेका थिए । सुवेदीले कार्यक्रममा बोल्दै नेपालका बाटाघाटाहरु धेरै खाल्टा खुल्टि भएका कारण मुख्य दुर्घटना हुने गरेको बताए ।

उनले भने, “सवारी चालकहरुले साधनको अवस्था नबुझेर चलाउदा, चालक व्यक्ति सक्षम नहुँदा धेरै दुर्घटना बढिरहेको छ, यस्लाई ट्राफिक प्रहरीले नियन्त्रण गर्नु जरुरी छ ।”

लागु पदार्थ दुव्र्यसन तथा मानव ओसार पोसार समाजिक विकृतिको रुपमा फैलदै गएको उनले बताए । नेपालका नागरिक नेपाल सरकारको मापदण्ड पालना नगरि विदेश जादा यहाँका म्यानपावरहरुसँग बेचिनु परेको छ, ‘यो वैदेशिक बेचबिखन हो उनले भने’ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्म बहादुर अधिकारीले चितवनमा दैनिक रुपमा दुर्घटना बढिरहेकाले यस्ता कार्यक्रमहरु गर्न आवश्यक रहेको बताए । ‘प्रहरी र स्थानीयको सक्रियतामा मात्रै दुर्घटना न्यूनीकरण कम गर्न सकिन्छ, प्रहरीको सक्रियतामा मात्रै यो कार्य सम्भव छैन उनले भने ।’

चितवनमा ५ हजार स्कुलका विद्यार्थी र ५ हजार सवारी चालक, स्थानीय क्लव, संघसंस्था, स्थानीयवासीहरुलाई प्रशिक्षण दिईसकेको उनको भनाई छ । मुख्य बजारहरुमा सवारी साधनहरु चेकजाच गर्दा नागरिकको गालि सहनुपर्छ, उनीहरुलाई दुःख दिनु हाम्रो उद्धेश्य होईन, दुर्घटना न्यूनीकरण कम गर्नु मुख्य उद्धेश्य रहेको उनको भनाई छ ।

कात्तिक महिनाको दोस्रो हप्तामा मात्रै चितवनमा सवारी दुर्घटनाबाट ४ जनाले ज्यान गुमाईसकेको उनले जानकारी दिए । ७० प्रतिशत दुर्घटना चालकको लापरवाहिले हुने गरेको उनले बताए ।

कार्यक्रममा जिल्ला सम्नवय समितिकी सदस्य सविता चौधरी, ट्राफिक प्रहरी कार्यालय चितवन पूर्व प्रहरी प्रमुख सन्तोष पन्त, वडा नं. ९ का वडा अध्यक्ष अन्नत अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।

रत्नप्रिय क्लवका उपाध्यक्ष रामु पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा नं. ९ का सचिव सुरेन्द्र चौधरी कार्यक्रम सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker