एमालेका इन्द्र बहादुर तामाङ नेपाली कांग्रेस प्रबेश

राप्ती । नेकपा एमालेका राप्ती नगर सचिवालय सदस्य तथा एमाले बाट निर्वाचित पूर्व वडा सदस्य इन्द्र बहादुर तामाङ नेपाली कांग्रेस प्रबेश गरेका छन ।

वडा नं १० मा आयोजित एक कार्यक्रममा उनले आफू औपचारिक रुपमा एमाले परित्याग गरि नेपाली कांग्रेस प्रबेश गरेको घोषणा गरेका हुन । उनलाई क्षेत्रीय सभापति तथा प्रदेश सभा सदस्यका उम्मेदवार किरण भूषण सिंह ओलीले टीका लगाएर पार्टी प्रबेश गराएका थिए ।

कार्यक्रममा बोल्दै ओलीले इन्द्र बहादुरको नेपाली कांग्रेसमा प्रबेश सुरुवात मात्रै भएकोले बताए । उनले अझै धेरै नेकपा एमालेमा सम्बद्धहरु नेपाली कांग्रेस प्रबेश गर्ने दावी गरे । एमालेका साथमा अब चुनाव लड्ने एजेन्डानै छैन । त्यसैले नेपाली कांग्रेस प्रबेश गर्नेको लहर चल्ने छ ।’ उनले भने

नेपाली कांग्रेस प्रवेशको घोषणा गर्दै तामाङले हुदा छदाको दुइ तिहाइ बहुमत आफ्नै दम्भले समाप्त पार्नेलाइ नेतृत्व मानेर बसिरहन मन नलागेको बताए। सधै आश्वासन दिने, जिताएर पठाएपछि गाउ नफर्कने एमाले नेता देखि दिक्क लागेर कांग्रेस प्रवेश गरेको उनको भनाइ छ।

कार्यक्रममा एमालेका पूर्व वडा सदस्य, संगठित सदस्यहरु र विभिन्न पार्टी परित्याग गरि ११ जना नेपाली कांग्रेस प्रवेश गरेको सो पार्टीका बागमती प्रदेश सदस्य ओम डल्लाकोटिले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker