बागी उम्मेदवारी दिएका गुरुङ र न्यौपाने पार्टीबाट निस्काशन

रत्ननगर । प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका पूर्वी चितवनको दुई नेतालाई कांग्रेसले पार्टीले कारबाही गरेको छ ।

चितवन क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा क मा बाट उम्मेदवारी दिएका धनबहादुर गुरुङ र प्रदेश सभा ख बाट उम्मेदवारी दिएका राममणि न्यौपानेलाई नेपाली कांग्रेसले पार्टीबाट निस्काशन गरेको हो । गुरुङ र न्यौपाने सहित उनीहरुका प्रस्ताबक र सर्मथकलाई समेत कांग्रेसले कारबाही गरेको जनाएको छ ।

आसन्न निर्वाचनको मनोनयनमा आफु कांग्रेसको बागी उम्मेदवारको रुपमा प्रस्तुत भएको गुरुङले बताएका थिए भने न्यौपानेले केहि अगाडिनै पार्टी परित्याग गरेको जनाएका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker