शिव शिखरको ३४औं साखा मुग्लिनबाट संचालन हुँदै

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सेवा मुग्लिनमा बिस्तार गरेको छ। दुरदराजमा बैंकिङ्ग सेवा बिस्तार गर्ने उद्देश्यको साथमा चितवनको पाहाडी क्षेत्र इच्छाकामनाको मुटु मुग्लिन बजारबाट सेवा प्रारम्भ गर्न लागिएको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको टाँडी साखा प्रमुख जुलि भट्टले जानकारी दिनु भएको छ।

यहि मङ्सिर २६ गते इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङ्गले ३४ औ साखाको उद्घाटन गर्ने जानकारी दिदै उहाँले भोलि नै शिव शिखर बहुउद्देश्यीय सहकारी द्वारा संचालित गार्डेनमार्ट डिपार्टमेन्ट स्टोरको २१ औं साखाको रुपमा मुग्लिनबाटै सेवा प्रदान गर्न लागिएको बताउनु भएको छ।

देशै भर सेवा प्रदान गर्ने उद्देश्यको साथमा संचालित उक्त सहकारीले चाडैं नै ३२ औं साखाको रुपमा बर्दघाट बाट र ३६ औं साखाको रुपमा पालुङ बाट सेवा प्रदान गर्न गैरहेको छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker