यो पटक पार्टी होइन मत फेर्नुस : बलराम खनाल

रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बलराम खनालले मंसिर चार गर्ने हुने आम निर्वाचनमा पार्टी नभइ मत फेर्न मतदातालाई आग्रह गरेका छन् ।

निर्वाचन क्षेत्रमा आयोजना गरेको चुनावी कोण सभामा उनले जो जहा हुनुहुन्छ त्यही बसेर यो पटक मत फेर्न आग्रह गरे । तपाईहरुले मत फेर्नुस उनले भने हामी देशको मुहार फेर्नेछौं । ठुला दलहरुको कारण देश बर्बादी तर्फ उन्मुख भइरहेको भन्दै उनले राष्ट्रियताको रक्षाको लागि राप्रपालाई मतदान गर्न आग्रह गरे ।

भ्रष्टचारले देश थलाथाला परेको भन्दै राप्रापाको सरकारले मात्र भ्रष्टचार अन्त्य गर्न सक्ने बताए । सो पार्टी बाट चितवन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार माधव भट्टराई र प्रदेश सभा क का उम्मेदार रामहरि कँडेलले जनताको घरदैलोमा पुगेर भोट मागेका छन् । उनीहरुले चोक चोकमा कोण सभा गरी आफ्ना योजना सुनाएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker