चितवन क्षेत्र नं १ मा आज गठबन्धनको चुनावी आमसभा पर्सा बजारमा, डा. स्वर्णीम बाग्ले प्रमुख बक्ता

चितवन, कात्तिक ३०

पाँच दलीय गठबन्धनको चितवन क्षेत्र नं.१ मा आज (बुधबार) चुनावी आमसभा हुने भएको छ । लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन प्रचार प्रसार समिति चितवन क्षेत्र नं.१ को आयोजनामा पर्सा बजार क्षेत्रमा चुनावी सभा आयोजना गर्न लागेको हो ।


सभामा वरिष्ठ युवा अर्थशास्त्री डा.स्वर्णीम वाग्लेले सम्बोधन गर्नेछन । डा.वाग्ले युवा पुस्तामाझ चर्चित छन् । आमसभा दिउँसो १ बजेदेखि सुरु हुने प्रचार प्रसार समितिले जनाएको छ । गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं.१ मा नेपाली कांग्रेसबाट डा.विश्वनाथ पौडेल चुनावी मैदानमा छन् । उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन् । युवा अर्थशास्त्री डा।पौडेल खासगरी पुर्वी चितवनको विकासका लागि महत्वपूर्ण मानिएका छन् । १४ महिना योजना आयोगमा रहेर उनले कोरेका बिकासका योजनाले बिहानीले दिनको संकेत गर्दछ भने जस्तै उनी बाट पुर्वी चितवनको बिकास र समृद्धिको चाहना पुरा हुनेमा मतदाताले विश्वाश गरेको पाईएको छ ।


गठबन्धनबाट चितवन क्षेत्र नं.१ (क)मा कांग्रेसका किरण भुषण ओली र १ (ख)मा नेकपा (एकीकृत समाजवादी)का कृष्णप्रसाद खनाल चुनावी मैदानमा छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker