चितवन २ (ख) का मतदाता भन्छन् : जोशीलाई भोट हाल्न आतुर छौं

मतदाता भन्छन् : चितवन २ (ख) मा जोशीलाई भोट हाल्न आतुर छौं

चितवन – मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज (बिहीबार) मध्यरातदेखि स्थिर समय हुँदैछ । स्थिर समय सुरु भएसँगै चुनावी प्रचार-प्रसार गर्न पाईदैन ।

चुनावी प्रचार-प्रसारको समयावधि सकिदै गर्दा उम्मेदवारहरु अन्तिम कसरतमा लागेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशी अन्तिम दिन पनि घरदैलो अभियान गरेका छन् ।

जोशीले आज भरतपुर महानगरपालिका १० मा घरदैलो तथा विभिन्न सामाजिक संस्था तथा समुहसंग भेटघाट र अन्र्तक्रिया गरेका छन् । सो क्रममा मतदाताले जोशी जस्तो युवा देशकै लागि आवश्यक रहेको भन्दै जित निश्चित रहेको बताएका छन् ।

स्थानीय मतदाता धुर्व सुवेदीले जोशी जस्तो निष्ठाको राजनीति गर्ने स्वच्छ छबीका युवा नेताको विजयी आजको आवश्यकता रहेको बताए । उनले जोशीले मतादातालाई निराश नबनाउनेमा आफू विश्वस्त रहेको बताए । जोशीको पक्षमा मतदान गर्न आफूहरु आतुर रहेको उनले बताए ।

अर्का मतदाता मिना गुरुङले जोशी युवा मात्र नभई एक कुशल नेता भएको बताईन् । जोशी सधैं भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउदै आएको भन्दै उनको जित निश्चित रहेको बताए । उनले अन्य मतदातालाई पनि जोशीको पक्षमा मतदान गर्न आग्रह गरे ।

कांग्रेस क्षेत्र नम्बर २ का सदस्य रचन कार्कीले जोशीको पक्षमा जनमत बढेको बताए । उनले यस क्षेत्रका मतदाताहरु जोशीलाई मतदान गर्न उत्साहित रहेको बताए ।

जोशीले मतदाताहरुले युवा नेतृत्व खोजेकोले नै आफू चुनावमा होमिएको बताए । उनले आफूलाई युवा उम्मेदवारको रुपमा मतदाताले गरेको विश्वास टुट्न नदिने प्रतिवद्धता जनाए । चितवनका युवादेखि वृद्ध-वृद्धाको समस्यालाई आफूले नजिकबाट बुझेको भन्दै कसैलाई निराश हुन नदिने बताए ।

उनले चितवनका हरेक समस्यासँग आफू भिज्दै आएको भन्दै मतदाताले गरेको माया र सद्भावलाई कहिल्यै खल्बलाउन नदिने बताए । हिजोका दिनमा पनि भ्रष्टाचार, वेथिति ,अनियमितताको विरुद्ध लड्दै आएकोले अब आफू निर्वाचित भएमा भ्रष्टाचार न्यूनिकरण र युवा रोजगारी पहिलो प्राथमिकता हुने जोशीको भनाई थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker