मतदाताको स्नेह र सम्मानले उत्साहित छु, सेवक थिएँ छु र रहनेछु : कृष्ण खनाल

रत्ननगर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागी प्रचार प्रसार गर्ने, घरदैलो गर्ने, चुनावी आमसभा गर्ने लगाएतका चुनावी गतिविधि गर्न पाउने समय आज राती १२ बजे बाट सकिदै छ । विगत २ साता भन्दा लामो समय देखि जनताको घरदैलोमा पुगेर आफ्नो चुनावी एजेण्डा राख्दै आउनुभएका चितवन जिल्ला खेत्र नम्बर १ ख मा प्रदेश सभा सदस्य पदका उमेदवार कृष्ण प्रसाद शर्मा खनालले आफुहरुले संचालन गरेको चुनावी गतिविधि बाट उत्साहित बनेको बताएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल हाल बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन ।

गठबन्धनको साथमा नेकपा एकीकृत समाजवादीका तर्फ बाट उमेदवार बनेका खनाल लाई चुनावी गतिविधि कस्तो रहयो भनेर हामीले सोधेका थियौं , उनले बताए “चुनावी प्रचार प्रसारको समय अवधिमा सबै जनताको घर घरमै पुगेर दाजुभाई, दिदीबहिनी, आमाबुवाहरु संग गफ गर्ने धोको हुँदा हुँदै पनि सबै ठाममा पुग्न सकिएन, यसर्थ चित्त नदुखाउनुहोला, जसरि हिंजोको दिनमा विकास निर्माण लगाएतका क्रममा हाम्रो भेट भएको थियो, भोलिका दिनमा अझ भेटघाट जारी रहन्छ , विगतको जस्तै आगामी ५ बर्ष सम्म नै जनताको घरदैलोमा रहन्छु” । हामि संग कुराकानीको क्रममा उनले निर्वाचन अवधिमा सहयोग गर्ने कार्यकर्ता तथा विकासप्रेमी जनतालाई धन्यवाद दिएका छन् । उनले थपे “जनताको विश्वासमा कुठाराघात हुने काम अहिले सम्म गरेको पनि छैन, आगामी दिनमा पनि गर्ने छैन” ।

उनले चितवन जिल्ला खेत्र नम्बर १ ख मा प्रदेश सभा सदस्य पदमा कलम चिन्हमा मतदान गर्न समेत सम्पूर्ण मतदाताहरुमा आग्रह गरे ।

शर्मा विकासप्रेमी नेताको रुपमा परिचित छन्, आफु सत्तामा रहदा वा कार्यकर्ता रहदापनि एकनासको जीवनशैली रहेको भनेर उनको सर्वत्र चर्चा समेत हुने गरेको छ ।

सालिन नेताको रुपमा छवि बनाएका नेता खनालले एक बर्षको अबधिमा आफ्नो निर्वाचन क्षेत्रमा ७० वटा योजना पारेका छन् । ७० वटा योजनामा उनले अरवौं रुपैयाको बजेट निर्वाचन क्षेत्रमा पार्न सफल भएका छन् । जनताले अनुभूति गर्ने गरी विकास निर्माणको काम गरिरहेका खनालका यि हुन कृष्ण प्रसाद खनालले निर्वाचन क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट पारेका बजेट र योजना :

भौतिक पुर्वाधार विकास मन्त्रालय

• चैनपुर-पिठुवा-माधवपुर डीप ट्यूववेल सिंचाई योजना खैरहनी ४, र.न.पा. १४,१५ जम्मा रकम रु. १ करोड ।

• पूर्वी चितवन चक्तपथ निर्माण जम्मा रकम रु. ९० लाख ।

• चित्रसारी पुलदेखि राप्ती ड्याकसम्म ढल, फुटपाथ सहित सडक विस्तार जम्मा रकम रु. १५ लाख ।

• पूर्वी चितवन रिङरोड जम्मा रकम रु. ९० लाख मात्र । • सौराहा कठार खैरहनी सडक आयोजना जम्मा रकम रु. ५० लाख ।

• टाँडीबाट नविनचोक भीम बहादुर चोक हुँदै साविक पिठुवाको मुख्य चोक हाल रत्ननगर १५ जोड्ने सडक जम्मा रकम रु. २० लाख ।

• कपियाचोक स्कुल हुँदै भोलाचोक सम्म जम्मा रकम रु. ४५ लाख ।

• र.न.पा. १५ आदर्श चोक बाट पूर्व र.न.पा. १४ बुद्दचोक सम्म सडक निर्माण, र.न.पा. १४ र १५ जम्मा रकम रु. १७ लाख ।

• गवईचोक देखी झुवानीघाट सम्मको नाला सहितको सडक निर्माण, खैरहनीन.पा. १३ जम्मा रकम रु. १६ लाख ।

• बुद्धि बहादुर थापा जगत बहादुरको घर हुदै पश्चिम हुदै कंकाली डेरी फार्म सम्मको सडक स्तरोन्नति खैरहनी न.पा. ४ जम्मा रकम रु. ५ लाख ।

• खैरहनि न.पा. ५ त्रिनेत्रचोक देखि छत्र सुवेदिको घर हुदै ढुङ्गे खोला पुल जानेबाटो, जम्मा रकम रु. २५ लाख

• ढुङ्ग्रेखोला पुल देखि भोलाचोक सम्म नाला निर्माण, खैरहनि न.पा. जम्मा रकम रु.२५ लाख ।

• दोरङ्गी-बछ्यौली (शिखता चौधरीको घर अगाडिको बाटो) र.न.पा. ६ जम्मा रकम रु. २५ लाख ।

• हेल्थपोष्ट चोक देखी निजानन्द स्कुलसम्मको सक र.न.पा. ११ जम्मा रकम रु. २५ लाख ।

• वेल्सिचोक देखी खजुरिको बिस्कुटसम्मको सडक र.न.पा. ३ जम्मा रकम रु. २५ लाख ।

• कञ्चनवस्ती टोल कालोपत्रे र.न.पा. १३ जम्मा रकम रु. २५ लाख ।

• गोर्खाली चोक देखी बासु लामिछानेको घरसम्मको सडक र.न.पा. १४ २५ लाख ।

• र.न.पा. १२ पिश भिजन चोक पुर्व ज्योतिचोक सडक जम्मा रकम रु. २० लाख ।

• र.न.पा. १५ कम्मरबाट तमुचोक सडक जम्मा रकम रु. २० लाख ।

• र.न.पा. ११ चिसापानी (क्रियापुत्री बस्ने भवन) पञ्चकन्या टोल विकास हुँदै र.न.पा. १२ चेपाङ्ग छात्रावास सम्मको सडक कालोपत्रे जम्मा रकम रु. ५० लाख ।

• पुनचोक देखि चर्च हुँदै सिंगापुर चोक खैरहनि ४ जम्मा रकम रु. २५ लाख ।

• बछ्योली चोक जम्कौली मन्दिर सम्म नाला निर्माण र.न.पा. ६,५, २५ लाख ।

• पुर्वी चितवन चक्रपथ र.न.पा. १५ खोलेशिमल कल्भर्ट पुर्व भट्टचोक हुदै जम्मा रकम रु. ४० लाख ।

• पिठुवा सिंचाई योजना र.न.पा. १४,१५,१६ जम्मा रकम रु. ६० लाख ।

• र.न.पा. ८ हर्दि र गड्यौलि विच पर्ने पानि फाटा संचाई लुको जम्मा रकम रु. २५ लाख ।

• बेल्सी हाजीपुर सिंचाई योजना रत्ननगर वेल्सी (मर्मत कार्य) जम्मा रकम रु. ३० लाख ।

• जमुनापुर हेल्प सोसाईटीको निर्माणाधिन भवन र.न।पा. १२ जम्मा रकम रु. १५ लाख ।

• र.न.पा. ३ बेल्सि स्थित नमुना मिनि कभर्ड हल निर्माण कार्य जम्मा रकम रु. ५० लाख ।

• खनाल सस्कृति संरचना र.न.पा. १३ जम्मा रकम रु. १० लाख ।

• कंकाली सामुदिक पार्क निर्माण खैरहनि ४ जम्मा रकम रु. १५ लाख ।

• चित्रसारी र.न.पा.५ मा डिप टयुववेल सिंचाई उप आयोजान जम्मा रकम रु. ५५ लाख ।

• कुमलटार र.न.पा.५ मा डिप टयुववेल सिंचाई उप आयोजान जम्मा रकम रु. ५५ लाख ।

• खानेपानी पाईप बिस्तार रत्ननगर नगरपालीका जम्मा रकम रु. ५० लाख ।

• चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ति क्षेत्रका उपभोक्ता र स्थानिय तहका समन्वयमा पर्खाल निर्माण (निरन्तरता) जम्मा रकम रु. १५ करोड ।

• लौरिघोल ताल पुर्वाधार निर्मण र.न.पा. २,३,१३,१४ जम्मा रकम रु. ५१ लाख ।

• थारु संग्राहलय भवन निर्माण खैरहनी ५ जम्मा रकम रु. ३० लाख ।

• र.न.पा. ९ ईको पार्क निर्माण जम्मा रकम रु. २० लाख ।

• खैरहनी १३ पर्यटन सुचना केन्द्र जम्मा रकम रु. २० लाख ।

• हात्ति महोत्सव, सौराहार जम्मा रकम रु. ५ लाख ।

• बराण्डाभार संरक्षित क्षेत्रमा Breeding Sheed Orchard संचालन तथा व्यवस्थापन जम्मा रकम रु. १० लाख ।

• बराण्डाभार क्षेत्र भित्रको सामुदायिक वनको कार्ययोजना संशोधन गरी वन्यजन्तु वासस्थान संरक्षण तथा व्यवस्थापन जम्मा रकम रु. १५ लाख ।

• बराण्डाभार क्षेत्र भित्र समुहको सहकार्यमा पर्यटकिय रुट नक्शा तयार गरी वन पथ निर्माण जम्मा रकम रु. ७ लाख ५० हजार ।

• बराण्डाभार क्षेत्र भित्र समुहको सहकार्यमा सिमसार व्यवस्थापन रकम रु. ५ लाख ।

• बराण्डाभार क्षेत्र भित्र समुहको सहकार्यमा ट्रि हाउसनिर्माण रकम रु. ५ लाख ।

• गैडा संरक्षणको लागी र.न.पा. ६ सौराहामा तालतलैया तथा घासे मैदान व्यवस्थापन कार्यक्रम जम्मा रकम ५ लाख ।

• शहिद स्मृति वाल उद्यान निर्माण र.न.पा. जम्मा रकम रु. ३० लाख ।

• श्री शहिद स्मृति क्याम्पस, र.न.पा. सभाहल निर्माण जम्मा रकम रु. ५० लाख ।

• श्री गायत्रि वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम,र.न.पा. १ जम्मा रकम ५० लाख ।

• श्री जनजागृति मा.बि. र.न.पा. १५ घेरावर निर्माण जम्मा रकम १५ लाख ।

• श्री कपरखोरी मा.वी. र.न.पा. ९ जम्मा रकम १२ लाख ।

• श्री जनजिवन मा.वि.खैरहनी २ आइसिटि ल्याब निर्माण जम्मा रकम रु. १५ लाख ।

• श्री कंकाली मा.बि खैरहनी बिग्यान प्रयोगशाला निर्माण जम्मा रकम रु. १२ लाख ।

• र.न.पा. १३ सहित अन्य क्षेत्रमा मा स्थानिय तह/ सहकारी/ सामुहिक / निजि क्षेत्रको ५०% साझेदारिमा फेब्रिक्रेटेड कोल्ड च्याम्बर निर्माण ।

समपुरक तर्फ
• डुम्रिचोक उत्तर कालोपत्रे (र.न.पा. १४,१५,) जम्मा रु. ९९ लाख ९९ हजार ।
• ल्याण्ड फिल्ड साईट पहुँच मार्ग निर्माण (र.न.पा. ११) जम्मा रु. ७२ लाख ३५ हजर ।
• सडकको दायाँ बांया फुटपाथ निर्माणः बकुलहर देखि जयमङ्गला र र.न.पा. २ फिल्म हल चोक देखी सुब्बा चोक सम्म जम्मा रु. ९९ लाख ७९ हजार ।
सशर्त अनुदान तर्फ
• बकुलहर मातृ शिसु भवन निर्माण (र.न.पा. २) जम्मा रु. १ करोड ५० लाख ।
• राष्ट्रिय प्रकृति संरक्षण कोष देखी राप्ति किनार क्यारि निर्माण (र.न.पा. ६) जम्मा रु. १५ लाख ।
• जसपाल बहुसाँस्कृतिक भवन निर्माण (र.न.पा. १) जम्मा रु. २५ लाख ।
• रत्ननगर बकुलहर अस्पताललाई संचालन अनुदान जम्मा रु. ५० लाख ।
• कृष्ण प्रणामी मन्दिर (र.न.पा. १२) जम्मा रु. १५ लाख ।
• पंचदिप आधारभूत विद्यालय जम्मा रु. १५ लाख ।
• निशान स्मृति प्रतिस्ठान भवन निर्माण (र.न.पा. १५) जम्मा रु. ३० लाख ।
• दिप चोक देखि शंकर भट्टको घर हुँदै बिमल खनालको घर सम्म (र.न.पा. १२, १३) जम्मा रु. ५० लाख।
• तिलक बहादुर चोक देखी पश्चिम मिश्र चोक सम्म (र.न.पा. १५) २५ लाख।
• कयर खोला तट बन्धन (सपना भिलेज अगाडी) (र.न.पा. ७) जम्मा रु. २५ लाख ।
• सिसहनि डेरी चोक देखी कपिया निस्कन बाटो (खैरहनि १२) जम्मा रु. २० लाख।
• तारक बहादुर बस्नेतको घर हुँदै पुर्व बाख्रा पालन फार्म सम्म तटबन्धन (खैरहनि १३) जम्मा रु. २० लाख ।
मन्त्री कृष्ण खनालको पहलमा गायत्री वेदवेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम रत्ननगर १ को भवन निर्माणकाको लागि आ. व. ०७९/८० रु ३ करोड बजेट ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker