फिल्म ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक

यही पुस २९ गते रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक भएको छ ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा रहेको लभस्टोरी फिल्म ‘तिम्रो मेरो साथ’ आज शुक्रबार बोधी एचडी युट्युब च्यानलबाट सार्वजनिक भएको हो । १ मिनेट ३० सेकेन्ड रहेको टिजरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तथा अभिनेता पुष्प खड्काको प्रेममा आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ । फिल्मले प्रेम र बदलाको कथा देखाएको छ।

फिल्ममा साम्राज्ञी तथा पुष्पको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्कबहादुर पुन”खबपु”को अभिनय छ ।फिल्म सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा रहेका छन् । यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker