आइएसएमटी कलेजको दिक्षान्त समारोह भब्य रुपमा सम्पन्न

काठमाडौँ । काठमाडौँस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधिमैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रोफेसर जोन मुरे र अभिभावकहरुको उपस्थितिमा दिक्षान्त समारोह सम्पन्न भएको छ । सो दिक्षान्त कार्यक्रममा बिबिए, बिएचएम र बीएस्सी आइटी उत्तीर्ण ३०८ जना विद्यार्थी दिक्षित भएको कलेजले जानकारी दिएको छ ।

आइएसएमटी कलेज नेपालको शिक्षा क्षेत्रमा राम्रो शिक्षा प्रदान गर्ने संस्थाको रूपमा परिचित रहेको कलेजले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धन कलेज संचालन गरिरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker