खैरहनी नगरपालिकाले एसइई लक्षित निशुल्क अतिरिक्त कक्षा संचालन गर्ने

चितवन , १२ मंसिर । खैरहनी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा निशुल्क अतिरिक्त कक्षा संचालन गर्ने भएको छ । एसइई परिक्षालाई लक्षित गरेर नगरपालिकाको ६ वटा सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको लागि निशुल्क अतिरिक्त कक्षाको तयारी गरिएको खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँले जानकारी दिए ।

सामुदायिक विद्यालयको एसइईको नतिजामा सुधार ल्याउन नगरपालिका आफैले लगानी गरेर मुख्य तिनवटा बिषयको अतिरिक्त कक्षा निशुल्क संचालन गर्न लागेको नगर प्रमुख खनियाले बताए । अग्रेजी , विज्ञान र गणित बिषयमा विद्यार्थीहरु कमजोर देखिएकोले तिनवटा बिषयको अतिरिक्त कक्षा मंसिरभित्रै विद्यालयमा संचालन गर्नेगरि नगरपालिका अगाडी बढेको उनले बताए । त्यसैको तयारी स्वरुप नगरपालिकाले आज दुईवटा विद्यालयमा शिक्षक , अभिभावक र विद्यार्थीहरुसँग छलफल गरेको छ । खैरहनी २ को जनजिवन मा वि र कठार माविमा आज छलफल कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने विद्यार्थी तथा अभिभावकहरुले विद्यालयमा नै यथासिघ्र निशुल्क अतिरिक्त कक्षासंचालन गराउन आग्रह गरेका थिए ।

खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीले विद्यार्थीहरु कमजोर भएको भन्दै शैक्षिक सुधारको लागि के के आवश्यक छ त्यो काम गर्न नगरपालिका तयार रहेको बताइन् । विद्यार्थी , शिक्षक र अभिभावकको पहलमा मात्रै शिक्षामा सुधार ल्याउन सकिनेमा उनले जोड दिइन् । निजी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा समानता ल्याउनको लागि आवश्यक सबै सहयोग गर्न नगरपालिका तयार रहेको उनले बताइन् । कार्यक्रममा नगर शिक्षा अधिकारी राजु बानियाँले खैरहनी नगरपालिकाभित्रका सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरुपता ल्याउने तयारीमा नगरपालिका लागेको बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker