पिठुवामा जीवन जीउने कला सम्बन्धी प्रशिक्षण

रत्ननगर । रत्ननगरको पिठुवामा समाजमा विद्यमान विकृति, विसंगती अन्त्यको लागि जीवन जीउने काला सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

ब्रहमकुमारी राजयोग सेवा केन्द्र रत्ननगरको सहयोगमा रत्ननगर नगरपालिका वडा नं १६ ले आयोजना गरेको कार्यक्रममा जीवनलाई सहज बनाउन स्वयम आफैले अपनाउनु पर्ने उपायका बारेमा प्रशिक्षण दिइएको थियो । तीन दिन सो कार्यक्रममा खुसी रहन चाहिने ज्ञान,आध्यात्मिक ज्ञान,दुख र कष्टलाई अनुभव गर्ने शक्ति,समाजका विकृति र विसंगतिहरुबाट आफुलाई जोगाउने आत्मबल लगायतका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा राजयोग प्रशिक्षक राजु घले, ब्रहमकुमारी राजयोग सेवा केन्द्र रत्ननगरकी प्रमुख शर्मिला आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रममा वडाध्यक्ष हेमराज थापाले वडामा आत्महत्य,चोरीडकैती,दुव्र्यशनी र छाडापन बढ्दै गएपछि त्यसको अन्त्यको लागि आध्यात्मिक कार्यक्रम आयोजना गरिएको बताए । मान्छेको दिमाखमा सकारात्मक सोच आउने गरी प्रशिक्षण दिन आवश्यक भइसकेको भन्दै उनले यसो गर्न सकियो भने मात्र समाजमा हुने विकृतिको विस्तारै अन्त्य हुँदै जाने बताए । पूर्वाधार निर्माण गर्नुमात्र विकास होइन उनले भने मान्छेको सोच परिर्वतन गरेर सभ्य समाज बनाउनु पनि विकास हो ।

कार्यक्रममा करिब ५०० जनालाई प्रशिक्षण दिइएको रत्ननगर मेलमिलाप केन्द्रका कोषाध्यक्ष रामचन्द्र दुवाडीले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker