प्रथम रत्नप्रिय कप : सौराहा फुटवल क्लवको जित

 

चितवन, मंसिर १६ । रत्ननगरको टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगितामा आयोजक रत्न प्रिय क्लव ‘ए’ ले जित निकालेको छ ।

बिहीवार भएको खेलमा आयोजक रत्न प्रिय क्लव ‘ए’ ले झुवानी युवा क्लबलाई ४–० गोल अन्तरले हराएको हो । खेलको ६ औं मिनेटमा सलिल ढकालले पहिलो गोल गर्दै आयोजकलाई १–० को सुरुआती अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा सुरेश कुमालले गोल गर्दै आयोजकलाई २–० को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको २१ औं मिनेटमा सुजन श्रेष्ठले ३–० को अग्रता र खेलको ३५ औं मिनेटमा आयोजकका तर्फबाट अन्तिम गोल समिर रिमालले गरे । झुवानी युवा क्लबबाट कुनै गोल नभएपछि आयोजक रत्न प्रिय क्लव ‘ए’ ४–० ले बिजयी भयो ।

खेलमा आयोजक रत्न प्रिय क्लव ‘ए’ का जर्सी नम्बर १२ का खेलाडी सलिल ढकाल म्यान अफ दी म्याच हुँदै ट्रफी हात पारे । भोली (शुक्रवार) सौराहा फुटबल क्लव र युनिक युथ क्लव भरतपुर बिच प्रतिशप्रर्धा हुने क्लवका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए । “स्वास्थ्को लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ रत्ननगर–९ मा रहेको रत्नप्रिय क्लवको आयोजनामा यही मंसिर १२ गतेदेखि सुरु भएको प्रतियोगिता यही मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रथम हुने समुहले १ लाख १ हजार ११ रुपैँया, द्धितिय हुने समुहले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker