काउलेका चेपाङ वालवालिकाको स्वास्थ्य परीक्षण

 

रत्ननगर । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ काउलेका १९० जना चेपाङ वालवालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा चेपाङ वालवालिकाको स्वास्थ्य परीक्षण गरिएको हो ।

विदेशी चिकित्सवहरुको टोलीले वालवालिकाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । चेपाङ वालावलिकाको पूर्ण स्वास्थ्य परीक्षणसंगै कुपोषणको समस्या निराकरणको लागि डाक्टरहरुको सुझाब र उपचार दुबै गरिएको उनले बताए । पौष्टिक आहारको अभावले वालवालिकामा कुपोषणको समस्या हुने गरेको भन्दै उनले यसको निराकरण गर्न सके चेपाङ वालवालिकामा स्वास्थ्य सम्बन्धी समस्या नहुने गिरीको भनाई छ ।

साथै सपना भिलेजले काउलेका वालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा समेत वितरण गरेको छ । ६ दिने स्वास्थ्य परीक्षण शिविर शक्तिखोरबाट सुरु गरिएको हो । कालिकाको सिद्धिपछि इच्छाकामनाको काउलेमा शिविर आयोजना गरिएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker