पञ्चकन्यामा महायज्ञ : ११ जनाले गरे १५ धुर जग्गा दान

 

रत्ननगर । रत्ननगर १२ मा रहेको पञ्चकन्या देवी मन्दिरका जारी महायज्ञका शनिवार विहान सम्म साढे दुई लाख रुपैया संकलन भएको छ भने स्थानीय ११ जनाले ८ लाख रुपैया मुल्य बराबरको १५ धुर भूमि दान गरेका छन् ।

महायज्ञको सुरु भएको चार दिनको अबधिमा २५ जनाबाट २ लाख ५१ हजार ३७८ रुपैया संकलन भएको आयोजकले जनाएको छ । स्थानीयले मन्दिरका लागि भूमिदान समेत गरेका छन् । भरतमणि सुवेदीले एक धुर, वाबुराम पोखरेलले दुई धुर,सुरेन्द्र पोखरेल,विनोद पोखरेल र विपिन पोखरेलले सयुक्त रुपमा तीन धुर, दयाराम भट्टले एक धुर,हरेराम अम्गाईले दुई धुर,रामबहादुर अर्यालले दुई धुर,शुशिल चौधरीले दुई धुर,विष्णुप्रसाद दुवाडीले एक धुर र विष्णुहरि पन्तले एक धुर जग्गा मन्दिरका लागि प्रदान गरेको महायज्ञ मुल समारोह समितिका संयोजक तथा वडाध्यक्ष सुन्दरमणि सुवेदीले जानकारी दिए ।

मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न महायज्ञ आयोजना गरिएको हो । ऐतिहासिक महत्व बोकेको मन्दिर जोगाउन र धार्मिक पर्यटनको विकास गर्न महायज्ञ आयोजना गरिएको सुवेदीले जानकारी दिए । महायज्ञमा प्रथम नेपाली महिला भागवत बाचक तारामाता घिमिरेले कथा बाचन गरेकी छन् ।

महायज्ञमा १० लाख खर्च लाग्ने र करिव दुई करोड संकलनल गर्ने लक्ष्य रहेको छ । महायज्ञमा तुलादान, भूमिदान, सामुहिक ब्रतबन्ध र पितृमोक्षको सम्मका क्रियाकलाप गर्ने व्यवस्था मिलाइएको मन्दिर संरक्षण समितिका अध्यक्ष बाबुराम पोखरेलले जानकारी दिए । महायज्ञबाट भएको आम्दानीले मन्दिरका लागि जग्गा खरिद, विवहा मण्डप निर्माण, कम्पाउण्ड वाल निर्माण, शिव मन्दिरको स्तरोन्नती, मन्दिरबाट पञ्चनदी सम्म सिढी निर्माण गरिने प्रचारप्रसार समितिकी संयोजक विरञ्जना घिमिरेले जानकारी दिइन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker