राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल काठमाण्डौको अध्यक्षमा ब्युटिसियन करुणा पुरी

काठमाडौं । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल काठमाडौं महानगरको अध्यक्षमा ब्युटिसियन करुणा पुरी चयन हुनुभएको छ । आइतबार सम्पन्न राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको दोस्रो काठमाडौं महानगर अधिवेशन पुरी चयन हुनु भएको हो ।

जसमा तनुजा जैरु उपाध्यक्ष, सोलिना लामा सचिव, सुस्मिता गुरुङ कोषाध्यक्ष,सपना शंकर सहसचिव र सदस्यहरुमा पार्वती शाक्य, अस्मिता क्षेत्री, इश्वरी श्रेष्ठ र नजेनी सिग्देल रहनु भएको छ ।

मिनु थापाको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महासचिव लक्षमण शर्मा, विशेष अतिथि सौन्दर्यकर्मी युनियनका महासचिव सुजना जोशी, केन्द्रीय सदस्य मिना गुरुङ,बाग्मती प्रदेश कमिटिका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रम तनुजा जैरुले सञ्चालन गर्नु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker