नेपाल साँस्कृतिक संघका सह-महामन्त्री चेतबहादुर सिंह ‘राजा’ ले नवनिवार्चित सांसदहरुलाई दिए बधाई

काठमाडौं। नेपाल साँस्कृतिक संघका सह-महामन्त्री चेतबहादुर सिंह ‘राजा’ ले धादिङ १ (क) बाट निवार्चित बागमती प्रदेश सभा सदस्य र प्यूठान क्षेत्र न २ बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई भेटेर बधाई दिएका छन् । नेपाल फिल्म सोसाइटीको आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा दुई जना सांसदहरुलाई भेटेर बधाई दिएका हुन्।

धादिङ १ (क) कांग्रेसबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य चलचित्र निर्माता एवं कलाकार मधुकुमार श्रेष्ठ र प्यूठान क्षेत्र न २ कांग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य चलचित्र नायक, निर्माता तथा निर्देशक सरोज थापा (रोज राणा) विजयी भएका थिए ।

नेपाल साँस्कृतिक संघका सह-महामन्त्री चेतबहादुर सिंह ‘राजा’ ले बधाईको साथै जनमुखी काम गर्नका निमित्त सफल कार्यकालको लागि हार्दिक मंगलमय शुभकामना दिएका थिए ।

 

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker