कालिका– ५ लाई हराउँदै रत्न प्रिय क्लव ‘ए’ सेमिफाईनलमा प्रवेश

चितवन, मंसिर १९ । कालिका– ५ लाई हराउँदै आयोजक रत्न प्रिय क्लव ‘ए’ रत्ननगरको टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सोमवार भएको क्वाटरफाईनलमा कालिका– ५ लाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक रत्न प्रिय क्लव ‘ए’ सेमिफाईनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरिमा सक्किएको खेल, दोस्रो हाफमा आयोजकका तर्फबाट खेलको ८ औं मिनेटमा सिला ढकालले पहिलो गोल गर्दै आयोजकलाई १–० को सुरुआती अग्रता दिलाएका थिए ।

१३ औं मनेटमा सन्देश गुरुङले गोल गर्दै आयोजकलाई २–० को अग्रता दिलाए । त्यसपछि २७ औं मिनेटमा समिप ढकालले ३–० को अग्रता र खेलको ३६ औं मिनेटमा आयोजकका तर्फबाट अन्तिम गोल सुरेश कुमालले गरे ।

कालिका– ५ बाट कुनै गोल नभएपछि आयोजक रत्न प्रिय क्लव ‘ए’ ४–० ले बिजयी भयो । कालिका– ५ हारसंगै खेलबाट बाहिरीएको छ ।

खेलमा आयोजक रत्न प्रिय क्लव ‘ए’ का जर्सी नम्बर ८ का खेलाडी समिप ढकाल म्यान अफ दी म्याच घोषित भए । रत्ननगर खेलकुद विकाशका अध्यक्ष तथा वडा नं. ८ का वडा अध्यक्ष कृष्ण चौधरी र रत्ननगर कृषि शाखा प्रमुख प्रविन लामाले ढकाललाई ट्रफी प्रदान गरे ।

भोली (मंगलवार) सौराहा फुटबल क्लव र केविए ग्लोबल भरतपुर फुटबल क्लव बिच प्रतिशप्रर्धा हुने क्लवका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए । प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैँया, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र पाउने छ । प्रतियोगिताको फाईनल खेल मंसिर २५ गते हुनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker