जयमंगला क्याम्पसको अध्यक्षमा भट्टराई चयन 

चितवन,२४ मंसीर

जयमंगला बहुमुखी क्याम्पस रत्ननगरको संचालक समितिको अध्यक्षमा मोहन प्रसाद भट्टराई चयन भएका छन् । क्याम्पसको शनिबार सम्पन्न दोस्रो क्याम्पस सभा तथा अधिवेशनले भट्टराईलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले पदेन सदस्य ६ जना र ११ जना निर्वाचित सदस्य सहित १७ सदस्यीय संचालक समिति गठन गरेको क्याम्पसका प्राध्यापक ठाकुर लामिछानेले जानकारी दिए । निर्वाचित सदस्यहरूमा रघुनाथ भट्ट, रामहरी अधिकारी, रामलाल श्रेष्ठ, कृष्ण तिवारी, विष्णुहरी पन्त, रामशरण नेपाल, रामवावु लामिछाने ( हरि ), कृष्ण प्रसाद घिमिरे, चन्द्र प्रसाद शर्मा र यमुना कँडेल(खनाल) रहेका छन् ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख यादव प्रसाद पाठक, वडा वडाध्यक्ष पोट बहादुर घिमिरे, सुन्दरमणी सुवेदी, कलाधार पौडेल लगायतको उपस्थिति रहेको थियो । क्याम्पस प्रमुख अर्जुन पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रम संचालन प्राध्यापक ठाकुर लामिछानेले गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker