नारायणी नदी किनारमा दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न

नारायणी नदी किनारमा सम्पन्न दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगितामा भरतपुर–१० को हिमाली पथ डोजो १० स्वर्ण पदकसहित पहिलो भएको छ ।

नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनको आयोजनामा भएको प्रतियोगितामा पाँच स्वर्ण सहित भरतपुर–१५ को आदर्श डोजो दोस्रो भएको छ । प्रतियोगितामा तीन स्वर्ण र सात रजत सहित कालिका नगरपालिकाको कालिका डोजो तेस्रो भएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका सचिव सुदन दराईले जानकारी दिनुभयो । दराईकाअनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी महिलातर्फ हिमाली पथ डोजोका हिमशिखा राई तथा पुरुषतर्फ बकेना बालबाटिकाका सुयास अधिकारी भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजोलाई ट्रफी प्रदान गरिएको छ भने उत्कृष्ट हुने खेलाडी तथा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल प्रदान गरिएको दराईको भनाइ छ ।

२४ वटा स्वर्णका लागि भएको प्रतिस्पर्धामा महिलातर्फ १८ देखि ६७ किलो तौल समूह तथा पुरुषतर्फ १८ देखि ६७ किलो तौल समूहमाथिका खेलाडीबीच प्रतिस्पर्धा गराइएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा महिला र पुरुषबीच छुट्टाछुट्टै तौल समूह (कुमुते) र एकल काता प्रस्तुत गरिएको श्रेष्ठको भनाइ छ । प्रतियोगितामा जिल्लाका विभिन्न १६ वटा डोजो तथा विद्यालयबाट २४७ जना खेलाडी सहभागी भएका श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल कराँते महासंघ टेक्निकल कमिटी राप्ती नगरपालिका अध्यक्ष बुद्धिमान सेञ्चुरी राजकुमार, खैरहनी नगर अध्यक्ष रामविक्रम चौधरी, कालिका नगर अध्यक्ष अनिल उपरकोटी, माडी नगर अध्यक्ष अजय चौधरी, भरतपुर महानगर अध्यक्ष प्रजिल श्रेष्ठ, इच्छाकामना गाउँपालिका अध्यक्ष पवन गुरुङ तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक एवं जिल्लाका सल्लाहकार सुदिर श्रेष्ठ, वरिष्ठ स्वयंसेवक प्रशिक्षक एवं सल्लाहकार अमर श्रेष्ठ, सितेरियो कराँते संघका केन्द्रीय सदस्य तीर्थराज श्रेष्ठसहितको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भरतपुर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष केशव महर्जनको उपस्थिति थियो ।

नारायणी नदी किनारमा सम्पन्न दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगितामा भरतपुर–१० को हिमाली पथ डोजो १० स्वर्ण पदकसहित पहिलो भएको छ । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनको आयोजनामा भएको प्रतियोगितामा पाँच स्वर्ण सहित भरतपुर–१५ को आदर्श डोजो दोस्रो भएको छ । प्रतियोगितामा तीन स्वर्ण र सात रजत सहित कालिका नगरपालिकाको कालिका डोजो तेस्रो भएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका सचिव सुदन दराईले जानकारी दिनुभयो । दराईकाअनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी महिलातर्फ हिमाली पथ डोजोका हिमशिखा राई तथा पुरुषतर्फ बकेना बालबाटिकाका सुयास अधिकारी भएका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजोलाई ट्रफी प्रदान गरिएको छ भने उत्कृष्ट हुने खेलाडी तथा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल प्रदान गरिएको दराईको भनाइ छ । २४ वटा स्वर्णका लागि भएको प्रतिस्पर्धामा महिलातर्फ १८ देखि ६७ किलो तौल समूह तथा पुरुषतर्फ १८ देखि ६७ किलो तौल समूहमाथिका खेलाडीबीच प्रतिस्पर्धा गराइएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा महिला र पुरुषबीच छुट्टाछुट्टै तौल समूह (कुमुते) र एकल काता प्रस्तुत गरिएको श्रेष्ठको भनाइ छ ।

प्रतियोगितामा जिल्लाका विभिन्न १६ वटा डोजो तथा विद्यालयबाट २४७ जना खेलाडी सहभागी भएका श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल कराँते महासंघ टेक्निकल कमिटी राप्ती नगरपालिका अध्यक्ष बुद्धिमान सेञ्चुरी राजकुमार, खैरहनी नगर अध्यक्ष रामविक्रम चौधरी, कालिका नगर अध्यक्ष अनिल उपरकोटी, माडी नगर अध्यक्ष अजय चौधरी, भरतपुर महानगर अध्यक्ष प्रजिल श्रेष्ठ, इच्छाकामना गाउँपालिका अध्यक्ष पवन गुरुङ तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक एवं जिल्लाका सल्लाहकार सुदिर श्रेष्ठ, वरिष्ठ स्वयंसेवक प्रशिक्षक एवं सल्लाहकार अमर श्रेष्ठ, सितेरियो कराँते संघका केन्द्रीय सदस्य तीर्थराज श्रेष्ठसहितको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा भरतपुर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष केशव महर्जनको उपस्थिति थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker