राप्तीका चेपाङ समुदायको स्वास्थ्य परीक्षण

रत्ननगर । चितवनको राप्ती नगरपालिका अन्तर्गत विकट पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायको स्वास्थ्य परीक्षण गरिएको छ ।

ग्रिन सोसाइटी नेपाल,ग्रिन सोसाइटी पब्लिक स्कुलले राप्ती ११ मा रहेको थाकलटार माविमा शिविरको आयोजना गरेको हो । राप्ती नगरपालिका र पुरानो मेडिकल कलेजको सहयोगमा आयोजित शिविरमा १०५ जना विद्यार्थी सहित ३१५ जनाको स्वास्थ्य परीक्षण गरिएको ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिए ।

शिविरमा जनरल फिजिसियन, आँखा, स्त्री तथा बालरोग, नशा तथा हार्डजोनीको परीक्षण गरी निःशुल्क औषधि समेत प्रदान गरिएको महासचिव परियारले बताए । आर्थिक अभावका कारण स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका चेपाङ समुदायलाई लक्षित गरी शिविर आयोजना गरिएको उनले बताए ।

शिविरको उद्घाटन गर्दै राप्तीका मेयर शमशेर लामाले चेपाङ समुदायलाई स्वास्थ्य सेवाको पहुँच सहज बनाउन स्थानीय स्तरमा सेवाका प्रकार थप गरिदै लगेको बताए । विपन्न समुदायलाई राज्यले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको भन्दै उनले त्यो अबसरलाई छाप्न सक्नु पर्ने बताए । वडा सदस्य हिरालाल बलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियान्ता मनी नहर्की, पुरानो मेडिकल कलेजकी डा.प्रेरणा बंसल, सौराहाका पर्यटन व्यवसायी पुरुषोत्तम लामिछाने लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker