सामाजिक उत्तरदायित्वमा रत्ननगर रोटरीको अर्को फड्को, राष्ट्रिय आधारभुत विद्यालय लटाैलीलाई जग्गा प्रदान

राष्ट्रिय आधारभुत विद्यालय लटाैलीलाई रोटरी रत्ननगर द्वारा जग्गा हस्तान्तरण

पौष ०२, शनिबार
कालिका चितवन ।
रोटरी क्लब अफ रत्ननगरले कालिका-९ मा रहेकाे राष्ट्रिय आधारभुत विद्यालय लटाैलीलाई जग्गा हस्तान्तरण गरेकाे छ । शनिबार क्लबले एक कार्यक्रमका बिच स्कुललाई करिब ७ लाख ५० हजार बराबरको ३ कट्ठा जग्गा हस्तान्तरण गरेकाे हाे ।

जोन ३२ का असिस्टेन्ट गभर्नर असेस भण्डारीको प्रमुख आतिथ्यता, डिस्ट्रिक्ट एडीसनल सेक्रेटरी निरन्जन प्रधानको बिशिष्ट आतिथ्यता कालिका वडा नं ९ का वडा अध्यक्ष निलकण्ठ मगरकाे आतिथ्यता रहेकाे साे कार्यक्रममा बिद्यालयका प्राचार्य बुद्धिराज गिरी, क्लबका निवर्तमान अध्यक्ष निराजन खनाल, एक्सपर्ट एजुकेसनका सञ्चालक डिल्लीराम अधिकारी लगायतकाे उपस्थितिमा जग्गा हस्तान्तरण गरिएको हो ।

क्लबका अध्यक्ष रामहरी लम्सालले स्कुललाई भवन निर्माण गर्न जग्गा अभाव देखिएकाले राेटरियनकाे पहलमा करिब ७ लाख ५० हजार बराबर को ३ कठ्ठा जग्गा हस्तान्तरण गरिएकाे बताए ।

क्लबका सचिव लक्ष्मीलाल श्रेष्ठले ९१ जना विद्यार्थीहरुलाई स्टेशनरी सामानसँगै दैनिक उपभाेग्य सामान खाद्यान्न, चप्पल, जुत्ता, कपडा, बि-म्याट्रेस लगायतकाे सामान पनि बितरण गरिएकाे जानकारी दिए ।

कालिका नगरपालिकाको बिकट प्रजा जातिको बाहुल्य रहेको ९ नं वडामा पर्ने डाँडा हो लटौली । बिपन्न चेपाङका बच्चा पढ्ने स्कुल हो श्री राष्ट्रिय आधारभूत बिद्यालय लटौली । सन २००९ देखि रोटरी क्लब अफ रत्ननगरले दिवा खाजा कार्यक्रम लागु गरे पश्चात् बिद्यार्थी संख्यामा उल्लेख्य वृद्धि भएको र पछि राज्यलेनै उक्त कार्यक्रम अंगिकार गरेपछि रोटरी क्लबले बर्षेनी स्टेशनरी, स्कुल पोशाक तथा अन्य उपयोगी खेलखुद सामाग्री सहयोग गर्दै आएको छ ।
हावा हुरीको समयमा स्कुल भवनको जस्ता उडाउदा पनि रोटरीले यो स्कुललाई सहयोग गरेको छ । बिकट ठाँउको जीवनस्तर उकास्ने चुरो शिक्षा भएकाले सामुदायिक बिद्यालयले दिने शिक्षा गुणस्तर बनाउन सके यो ठाँउमा परिवर्तन ल्याउन सकिन्छ भन्ने ध्येय राखेर क्लवले निरन्तर यो स्कुललाई सहयोग गर्दै आएको हो ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker