सपना भिलेनद्धारा विपन्न समुदायलाई सुधारिएको चुलो वितरण

चितवन ०४ पुस । चितवनको पर्यटकीय नगरी सौराहाको बीच भागमा रहेको विपन्न बस्तीमा सोमबार सुधारिएको चुलो वितरण गरिएको छ ।

रत्ननगर नगरपालिका वडा नं ६ अन्तर्गत पर्ने थारु र दराई समुदायको बसोबास रहेको विपन्न बस्तीमा सुधारिएको चुलो वितरण गरिएको हो । सपना भिलेज सोसल इम्प्याक्टले विपन्न १६ परिवारलाई सुधारिएको चुलो वितरण गरेको हो । सौराहाका पर्यटन व्यवसायी गोकर्ण गिरीको पहलमा उक्त काम भएको हो । यस अघि इम्पाक्टकै सहयोगमा गिरीले सो बस्तीमा शौचालय निर्माण गरेका थिए । सोमबार वडासदस्य गोपी विडारी,बीरेन्द्र महतोको रोहबरमा चुलो वितरण गरिएको हो । बस्तीमा आयोजित एक औपचारिक कार्यक्रममा इम्प्याक्टका अध्यक्ष धु्रव गिरी र नेदरल्याण्डका नागरिक रिक्सजा ट्राभलको सञ्चालक म्यारियस एपिलम्यानले चुलो हस्तान्तरण गरेका थिए । सो अबसरमा इम्प्याक्टका अध्यक्ष गिरीले थारु र दराई समुदायका महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि सुधारिएको चुलो प्रदान गरिएको बताए । सुरुमा हामीले बस्तीमा शौचालय निर्माण ग¥यौं उनले भने अहिले चुलो प्रदान गरेका छौं । उनले आर्थिक अबस्था कमजोर भएका घरधुरीको पहिचान गरी आवास निर्माण गर्ने सोचमा रहेको बताए । कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले सपना भिलेजले विपन्न समुदायलाई घर निर्माण गरे वनले पनि आर्थिक योगदान गर्ने प्रतिबद्धता जनाए । व्यवसायी गोकर्ण गिरीले सो बस्तीमा अहिले सम्म विजुली बल्न नसकेको बताए । विगत एक बर्ष देखि पोल गाडेर बस्तीमा विजुली लैजाने प्रयास अन्तिम चरणमा पुगेको उनले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker