फेब्रिक ड्याक निर्माणले सौराहा बाढीबाट जोखिममुक्त : मेयर सापकोटा

रत्ननगर । रत्ननगरका मेयर प्रल्हाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई जोगाउन आधुनिक प्रविधिको ड्याक निर्माण गरिएको बताएका छन् ।


‘अब कम्तीमा ५० वर्ष सौराहामा बाढी पस्दैन’, उनले भने, ‘लम्बाइ थारै छ तर राप्तीले कटान गर्ने ठाउँलाई जोगाउने गरी काम गरिएको छ ।’
मेयर सापकोटाले हरेक वर्ष असार र साउनमा व्यवसायीहरुको कारूणिक अवस्था देख्नुपर्ने बताए । यही अवस्थाको अन्त्य गर्न स्थानीय सरकार लागिपरेको भन्दै उनले केन्द्रीय सरकारले विनियोजन गरेको बजेटलाई फ्रिज हुन नदिई कामलाई सार्थक बिन्दुमा पु¥याएको बताए ।


सौराहालाई बाढीको जोखिमबाट जोगाउन राप्ती नदीमा आधुनिक प्रविधिको फेब्रिक मेटर्स कङ्क्रिट ढलानसहित ड्याक निर्माण कार्य भइरहेको छ । चितवन निकुञ्जको मुख्य प्रवेशद्वारबाट पूर्वतर्फ आधुनिक प्रविधिको ड्याक निर्माण गरिएको हो ।
नेपाल सरकारको ६ करोड ९८ लाखको लगानीमा २८० मिटर ड्याक निर्माण भइरहेको छ । अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ भने अबको १५ दिनभित्र बाँकी १५ मिटरको काम सकिने केबिसी बिल्डर्स कम्पनी प्रालिले जनाएको छ ।
सिमेन्ट र बालुवाको मसलालाई फेब्रिक कपडाभित्र हालेर ढलान गरिएको निर्माण कम्पनीका सञ्चालक होमकुमार शर्मा आचार्यले जानकारी दिए । ‘यो नेपालमै पहिलो आधुनिक प्रविधिको ड्याक हो’, उनले भने, ‘कटान रोक्ने गरी पानीको सतहसम्म नै ढलान गरिएको छ ।’


२०४९ र २०५९ सालमा आएको बाढीले सौराहा डुबानमा परेको थियो । २०७४ र २०७६ सालमा सोही ठाउँका ड्याक भत्काएर राप्ती नदीमा आएको बाढीले सौराहाका दुई दर्जन होटल र २० वटा रेस्टुरेन्ट बगाएको थियो ।
रत्ननगर नगरपालिकाका इन्जिनियर पंकज गिरीले बंगलादेशमा सफल भएपछि चितवनको सौराहामा पहिलोपटक यस प्रकारको ड्याक निर्माण गरिएको बताए ।
सोमबार सो ड्याकको मह¤व र निर्माणका विषयमा स्थानीय सरकार, चितवन निकुञ्ज, मध्यवर्ती क्षेत्र, राजनीतिक दल र सौराहाका होटल व्यवसायीबीच अन्तक्र्रियासमेत गरिएको थियो ।
कार्यक्रममा मेयर सापकोटा, उपमेयर यादवप्रसाद पाठक, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानालगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker