पृथ्वी मा.वि को ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

चितवन, पुस १६ । चितवनको कालिका नगरपालिका-७ भटेनीमा रहेको पृथ्वी माध्यमिक विद्यालयले विविध कार्यक्रम सहित आफ्नो ५४ औं वार्षिकोत्सव एंव अभिभावक दिवस मनाएको छ । विद्यालयले शनिवार कालिका नगरपालिकाका मेयर विनोद रेग्मीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव एंव अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा मेयर रेग्मीले विद्यालयलाई बार्षिक उत्सवको शुभकामना व्यक्त गरे । उनले सामुदायीक विद्यालयलाई गुणस्तरिय र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको समेत उद्धघोष गरे । विद्यालयकोे शैक्षिक गुणस्तर वृद्धी र प्रभावकारी बनाउन एकल प्रयासले मात्र सम्भब नहुने भन्दै अभिभावक, शिक्षक र विद्यार्थी विचमा सहकार्य हुन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा कालिका नगरपालिकाकी उप मेयर विमला तामाङ, कालिका नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, कालिका नगरपालिका शिक्षा शाखा प्रमुख खेमानन्द भुषालले विद्यालयलाई बार्षिकोत्सवको शुभकामना दिएका थिए ।

कार्यक्रममा कक्षागत, अतिरिक्त क्रियाकलापका आधारमा विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । यस्तै, बिदाई भएर गएका पूर्व शिक्षक, कार्य शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल वहादुर वि.क र केशव लामालाई सम्मान गरिएको विद्यालयका प्राध्यानाध्यापक प्रकाश चन्द्र अर्यालले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधनाथ थपलियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम विद्यालयका शिक्षक विष्णुलाल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker