किराना तथा खाद्य व्यवसायी संघमा मैनाली चयन

रत्ननगर १८ पुस । किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको अध्यक्षमा पुन दोस्रो कार्यकालको लागि शिवराज मैनाली चयन भएका छन् ।

सोमबार सम्पन्न १२औं बार्षिक साधारण सभा तथा अधिवेशनले मैनालीको अध्यक्षतामा सर्व सम्मत नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको बरिष्ट उपाध्यक्षमा ओमप्रकाश शाह कलवार,उपाध्यक्षमा कमल मेहता, महासचिवमा नबराज तिमिल्सिना,सचिवमा टेकनाथ अधिकारी र राजेन्द्र अधिकारी,कोषाध्यक्ष विनोद बागडी चयन भएका छन् । सदस्यहरुमा सुर्य प्रकास रेग्मी,आशिष लामिछाने, कृष्णमुरारी सिंह ठकुरी, सुवास बाबु श्रेष्ठ, गौरिशंकर शाह रौनियार, दिनेश मानन्धर, टमेन्द्र प्रधान, रामहरि ढकाल, कृतिम श्रेष्ठ, गणेश अधिकारी, सुरेन्द्र श्रेष्ठ, विष्णु श्रेष्ठ, महिला सदस्यहरुमा शाशा सिंह ठकुरी र इन्द्रा जोशी चयन भएका छन् ।

अधिवेशनले बस्तुगत समितिको संयोजक समेत चयन गरेको छ । आलु प्याज व्यवसायी समितिको संयोजकमा कृष्णमुरारी सिंह ठकुरी, डिलर एशोसियसन संघको संयोजकमा हरि अधिकारी, पूर्वी चितवन रिटेलिङ एण्ड डिलर संघको संयोजकमा यामनाथ आचार्य, होलसेल व्यवसायी संघको संयोजकमा ओमप्रकास शाह कलवार, खुद्र किराना संघको संयोजकमा नबराज तिमिल्सिना चयन भएका छन् ।

संघको सल्लहाकार संयोजकमा यामनाथ आचार्य र सदस्यहरुमा नारायण प्रसाद श्रेष्ठ, हरि अधिकारी, ऋषि ठकुरी र बद्रि आचार्य चयन भएका छन् ।

वडा नं २ का वडाध्यक्ष राजन घिमिरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुराल, इलाका प्रहरी कार्यालयका डिएसपी रविनबाबु रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष यामनाथ आचार्य, संस्थापक अध्यक्ष राजेन्द्र रिजाल, कमल मेहता, अमृत मरहठ्ठालाई सम्मान गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker