चलचित्र ‘गुञ्जन’मन नपरे पैसा फिर्ता :निर्माता शाही

द्वन्द निर्देशक अष्ट महर्जनले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘गुञ्जन’ का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई फिल्म मननपरे टिकटको पैसा फिर्ता दिने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा शाहीले चलचित्र एकदमै राम्रो बनेको दाबी गर्दै उक्त घोषणा गरेका हुन् ।

‘गुञ्जन’चलचित्र अत्यन्तै राम्रो भएको साथ यसको कथाबस्तु,कलाकारको अभिनय,लोकेशन पनि राम्रो भएको कारण फिल्म दर्शकले मन पराउने विश्वाश ब्यक्त गरेका छ्न ।

उनले भने,“चलचित्र हेरेपछि कसैले मलाई मन परेन भन्छ भने उसले टिकटको पैसा फिर्ता पाउनेछ ।” उनले पैसा फिर्ताका लागि टिकटको कपी सहित आफुलाई सम्पर्क गर्न सक्ने बताए । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार सारा सिर्पाइली, प्रितमराज सेन्चुरी, करिब खड्का लगायको त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ ।

यो चलचित्रलाई गरेका हुन् । सारा र प्रितम र कबिरको अलवा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम,रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य,ऋचा शर्मा,अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।

ट्रेलर हेर्नुहोस्ः

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker