राष्ट्रिय खुल्ला कविता प्रतियोगितामा धरानका विश्वकर्मा पहिलो

चितवन ः उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०७९ मा धरानका तीर्थराज विश्वकर्मा पहिलो भएका छन् । १४औँ चितवन महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा देशभरबाट कविता स्रष्टाहरुलाई भाग लिन आह्वान गरिएको थियो ।
देशभरबाट प्राप्त ८७ वटा कवितामध्ये उत्कृष्ट १२ कवितालाई छनौट गरेर आज सोमबार स्रस्टाबाटै कविता वाचन गराएर प्रतिस्पर्धा गरिएको थियो । छनौटमा परेका ११ जना स्रष्टालाई पछि पार्दै धरानका विश्वकर्माले २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । सो प्रतियोगितामा विश्वकर्माले ‘एक भेट भरियासँग’ शीर्षकको कविता वाचन गरेका थिए ।
प्रतियोगितामा बाराका स्रस्टा अभिषेक ओझा दोस्रो भएका छन् । ओझाले वाचन गरेको ‘वृद्धाश्रमबाट आएको चिठी’ शीर्षकको कविता दोस्रो हुँदै १५ हजार रुपैयाँ पुरस्कार हात पारे । त्यसैगरी, प्रतियोगितामा कास्कीका स्रस्टा रोशन तिमिल्सिना तेस्रो भएका छन् । ‘लालामीको सूचना’ शीर्षकको कविताले तेस्रो स्थान हासिल गर्दै तिमिल्सिनाले १० हजार रुपैयाँ पुरसकार प्राप्त गरेका छन् ।
सो प्रतियोगितामा सप्तरीकी स्रस्टा रोमा लम्साल नुरा तथा चितवनका लालकाजी श्रेष्ठले प्रोत्साहत पुरस्कार प्राप्त गरेका छन् । लम्सालको ‘पसिनाको अक्षरमा देश’ तथा श्रेष्ठको ‘विश्वास’ शीर्षकको कविताले प्रोत्साहनस्वरुप नगद पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो । प्रतियोगिताको निर्णयकमा समालोचक डा धनेश्वर भट्टराई, डा केशवराज चालिसे र साहित्यकार सुरेन्द्र अस्तफल रहेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker