स्लो साइकल रेसमा थापा पहिलो

चितवन ः चितवन महोत्सव परिसरमा आयोजना गरिएको स्लो साइकल रेस प्रतियोगितामा राइनो स्पोर्टस् एकेडेकमीका प्रमित थापा पहिलो भएका छन् । १४औँ चितवन महोत्सवको अवसरमा सोमबार बिहान महोत्सव स्थलमा आयोजना गरिएको स्लो साइकल रेस प्रतियोगितामा पहिलो हुँदै थापाले पुरस्कारस्वरुप माउन्टेन बाइक हात पारेका छन् ।

त्यसैगरी प्रतियोगितामा रौनक पौडेल दोस्रो भएका छन् । उनले लेडिज साइकल पुरस्कार प्राप्त गरेका चितवन महोत्सवका खेलकुद संयोजक रुद्र सुवेदीले जानकारी दिए । प्रतियोगितामा तेस्रो हुने सुरेश रानाले नन गेयर रेन्जर निसान साइलक पुरस्कार पाएका सुवेदीले बताए ।

त्यसैगरी, प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्दै राइनो स्पोर्टस् एकेडेमीका अजय तामाङले हङ्ग्री हन्टर जिभाओ साइकल जितेका छन् । प्रतियोगिताको संयोजक चितवन नवलपुर साइकल व्यवसायी संघले गरेको थियो । प्रतियोगितामा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भएकाले स्वस्थ हुनका लागि साइकल चलाउनुपर्ने बताए ।
सो कार्यक्रममा चितवन नवलपुर साइकल व्यवसायी संघका अध्यक्ष गोपाल सापकोटाले साइकलको प्रवद्र्धन र फाइदाबारे बुझाउन स्लो साइकल रेसको आयोजना गरिएको बताए । प्रतियोगितामा ६० जना प्रतियोगिताहरु सहभागी थिए । कार्यक्रम सञ्चालन गर्नुअघि आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker