खैरहनी महोत्सव आजदेखि सुरु, बागमती प्रदेशका मुख्यमन्त्री जमरकट्टेलले गरे उद्घाटन

माघ ४ गते । चितवनको खैरहनीमा बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सव सुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा सुरु भएको महोत्सवको मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरे । सो अवसरमा वोल्दै मुख्यमन्त्री जमरकट्टेलले उद्योग व्यवसाय,कृषि क्षेत्रको विकासका लागि लगानीको मोडेल परिवर्तन गर्नु पर्नेमा जोड दिए । हामीले जुनसुकै पेशा,व्यवसाय पुरानै शैलीमा गर्दै आएका छौं,मुख्यमन्त्री जमरकट्टेलले भने – व्यवसायको विकासका लागि उत्पादन वढाउन जरुरी छ,त्यसका लागि तरिका,शैली परिवर्तन गर्नुपर्छ । आगामी वजेटमा युवा रोजगारी र कृषि क्षेत्रमा पर्याप्त वजेट विनियोजन गर्ने मुख्यमन्त्रीको भनाई थियो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलियाले पूर्वी चितवन कृषिको प्रचुर संभावना वोकेको क्षेत्र भएकाले वजेट,अनुदानमा विषेश ध्यान दिने वताए । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश साँसद उत्तम जोशी,नेपाल उद्योग बािणज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ,खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँ,नेपाली काग्रेश जिल्ला सभापति राजेश्वर खनाल,नेकपा एमाले जिल्ला प्रतिनिधी जगन्नाथ आचार्य,नेकपा माओवादी जिल्ला संयोजक रामचन्द्र अधिकारी,राप्रपा जिल्ला अध्यक्ष रुद्र ढकाल, उद्योग बाणिज्य संघ भक्तपुर अध्यक्ष राज्यलक्ष्मी शाक्य,उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,थारु कल्याणकारीणी सभा जिल्ला अध्यक्ष ललितकुमार चौधरी,खैरहनी २ का वडाध्यक्ष रोहिणी प्रसाद उप्रेती,उद्योण बाणिज्य संघ खैरहनीका महासचिव कुमार वर्तौला लगायतले मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य राख्दै उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले महोत्सवमा ३५० वटा स्टलहरु रहनुका साथै महोत्सव अवधिभर करिव ७० करोड बरावरको कारोवार हुने बताए । महोत्सवमा सुचना प्रविधि,हस्तकला प्रर्दशनी,कृषि प्रर्दशनी तथा प्रतियोगिता,क्रेता र विक्रेताबीच अन्र्तक्रिया,स्वास्थ्य शिविर,पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम हुनेछन् । उद्घाटन अघि खैरहनी माध्यमिक विद्यालयको प्रांगढबाट विभिन्न झाँकी सहितको शोभा यात्रा निकालिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker