रत्ननगरमा लागुऔषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी प्रशिक्षण

रत्ननगर । चितवनको रत्ननगरमा लागु औषध दुर्व्यसनी न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम विहीबार गरिएको छ ।

रत्ननगर नगरपालिका वडा नं १ वडा कार्यालयले आयोजना गरेको सो कार्यक्रममा टोल विकास संस्था,आमा समुह, विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रम वडा नं १ का वडाध्यक्ष तथा नगर प्रबक्ता कुलप्रसाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा उनले विकास र सुसाशनको हिसाबले वडा नं १ लाई अब्बल वडाको रुपमा पहिचान बनाउने बताए । लागु औषध दुव्र्यशनी मुक्त गरी वडालाई सुुसाशनमा अब्बल बनाउने योजना रहेको उनले सुनाए ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद्का राष्ट्रिय अध्यक्ष जगदिशचन्द्र शर्माले जीवन दर्शन, जीवन जीउने कला तथा व्यक्तित्व विकास र इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक सुकदेव पौडेलले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा सदस्य उमादेवी शर्मा पौडेलले कार्यक्रमको उद्देश्यका वारेमा प्रकास पारेकी थिइन ।

विप्स मिडियाको समन्वयमा भएको सो कार्यक्रममा वडा सचिव सुर्यप्रसाद ढुंगाना,नबरत्न आमा समुहकी अध्यक्ष इश्वरी आचार्य, गणेश पौडेल, हिमालयन आमाविका विद्यार्थी सुप्रिम सिवाकोटी लगायतले कार्यक्रमको प्रभावकारिताको विषयमा मन्तव्य राखेका थिए ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker